२१ असार २०८३, आइतबार

निर्वाचन आयोगको ‘लापरवाही’, मतदाता झुक्किने उस्ता उस्तै चुनाव चिह्न !

कात्तिक २०, २०७४
 निर्वाचन आयोगको ‘लापरवाही’, मतदाता झुक्किने उस्ता उस्तै चुनाव चिह्न !

काठमाडौं ९ असोज– निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि ९१ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले सोमवार सूचना प्रकाशित गरी ९१ दलको चुनाव चिह्न सार्वजनिक गरेको हो ।

कतिपय दलको चुनाव चिह्न उस्तै उस्तै छन् । जसले मतदाता झुक्किने खतरा देखिएको छ । ५ नम्बरमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को चुनाव चिह्न छाता छ भने ३५ नम्बरको जनशक्ति नेपालको चुनाव चिह्न गोलाकार भित्रको छाता छ ।

३२ नम्बरमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न आयाताकार भित्रको हलो छ भने ६७ नम्बरको राप्रपा प्रजातान्त्रिकको चुनाव चिह्न गोलाकार भित्रको हलो छ । ८ नम्बरको नेकपा मालेको चुनाव चिह्न हसिया तारा छ भने १० नम्बरमा रहेको नेकपा संयुक्तको चुनाव चिह्न हसिया मात्र छ ।

५९ नम्बरमा नयाँ शक्तिको चुनाव चिह्न देब्रे आँखा छ भने ६२ नम्बरमा नेपाली लोकतान्त्रिक कांग्रेसको चुनाव चिह्न दुइवटा आखाँ छ । ७५ नम्बरमा हिन्दु प्रजातान्त्रिक पार्टीको चुनाव चिह्न महिला छ भने ८५ नम्बरमा नेपाल आमा पार्टीको चुनाव चिह्न बच्चा काखमा लिएकी आमा र मातृभूमि नेपाल दलको चुनाव चिह्न गाग्री कोकेकी महिला रहेको छ ।

यसैगरी ८१ नम्बरमा पुरुष र ९० नम्बरमा सिपाही चुनाव चिह्न छ । २१ देखि २४ सम्म लगातार तीनवटा चरा छ । २१ नम्बरमा सुगा, २२ नम्बरमा चुच्चोले चिट्ठी बोकेर उड्न लागेको परेवा र २३ मा डाँफे चुनाव चिह्न छ । ७९ नम्बरमा परेवा चुनाव चिह्न छ ।


salt training

कमेन्ट गर्नुहोस्