०६ साउन २०८३, बुधबार

विराटनगर इन्टरनेशनल कलेजको वार्षिक दीक्षान्त समारोह सम्पन्न

कात्तिक २२, २०८०
काठमाडौं
विराटनगर इन्टरनेशनल कलेजको वार्षिक दीक्षान्त समारोह सम्पन्न

विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ ।

इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दीक्षित भएका छन् ।

समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक अध्यक्ष शुलभ बुढाथोकीले स्नातक विद्यार्थीहरूको उपलब्धिको प्रशंसा गर्दै उनीहरूलाई आफ्नो ज्ञानलाई राम्रसँग प्रयोग गर्न आग्रह गरेका थिए । 

‘विश्वमा प्रवेश गर्दा विराटनगर इन्टरनेशनल कलेजको प्रतिनिधित्व गर्ने कुरालाई ध्यानमा राख्नुहोस्’ उनले भने, ‘आफ्नो शिक्षामा गर्व गर्नुहोस् र यसलाई मानिसहरूको जीवनमा सुधार गर्न प्रयोग गर्नुहोस् ।’

समारोहमा विराटनगर इन्टरनेशनल कलेजको शैक्षिक साझेदारको रूपमा काम गर्ने उल्भरहेम्टन विश्वविद्यालयका सुश्री सजिन मोप्लेले प्रशंसनीय मन्तव्य दिएकी थिइन् ।

उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने कलेजको प्रतिबद्धताको उनले खुलेर प्रशंसा गरिन् ।

साथै, मोप्लेले उत्तीर्ण विद्यार्थीहरूलाई उनीहरूको उत्कृष्ट उपलब्धिहरूको कदर गर्दै हार्दिक बधाई दिइन् ।

salt training

कमेन्ट गर्नुहोस्