चैत २५, २०८०
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ ।
उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनकता थपेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरूले बोकेको झण्डासम्ममा दराजको लोगो र नाम राखिएको थियो ।
दराजका पदाधिकारीहरूले पनि सहभागिता जनाएका उक्त र्यालीमा विभिन्न कलाकार, अभियन्ता, तथा नेताहरुको उपस्थिति थियो ।
र्यालीमा उपस्थित दराजका साझेदारी प्रबन्धक, अमूल वैद्यले हरेक वर्ष मनाइने न्यूँ दया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति भएको बताए ।
यस्ता राष्ट्रिय संस्कृतिसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे । साथै आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रममा सहकार्य गर्ने बताए । ‘दराजको ११.११ सेल चलिरहेको समयमा यो र्यालीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योगदान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ’ उनले भने ।
यो र्यालीको लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग ’ नामक प्रतियोगिताको घोषणा गरेको थियो । जहाँ र्यालीमा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केही भाग्यशाली विजेताहरूले रु ५०० सम्मको डिस्काउण्ट भाउचर पाउने छन् । यो प्रतियोगिताको विजेता मंसिर १ गते शुक्रवार घोषणा हुने कम्पनीले जनाएको छ ।
यही कात्तिक २५ गतेदेखि चलेको दराज ११.११ सेल मंसिर ६ गतेसम्म चल्ने छ । जहाँ ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका दश लाख भन्दा धेरै प्रोडक्टहरुमा ७ करोड सम्मको छुट पाउनेछन् ।
यो सेलमा मेगा भाउचरमा रु १०,००० सम्मको छुट, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरूले सीजी ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ ।
साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...
अटोमोटिभ इनोभेसनमा विश्वकै अग्रणी ब्राण्ड फोटोनले ‘हाई रुफ ईभी भ्यान’ नेपालमा सार्वजनिक गरेको छ । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमवार एक कार्यक्रम आयोजना गर्दै उक्त...
विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...
गुल्मीमा मैत्री यातायात प्रालिले विद्युतीय माइक्रो बस सञ्चालनमा ल्याएको छ । गुल्मीदेखि बुटवल हुँदै सुनौलीसम्म १० वटा इलेक्ट्रिक भेइकल सञ्चालनमा ल्याएको हो । बिहीबार जिल्ला समन्वय समिति गुल्मीक...
यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...