
नेपालको अग्रणी ई–कमर्स ब्राण्ड दराजले नेपाल संवत्को अवसरमा काठमाडौं उपत्यकामा आयोजित र्यालीमा उत्साहपूर्ण सहभागिता जनाएको छ ।
उक्त र्यालीको प्रयोजक रहेको दराजको उपस्थितिले कार्यक्रममा रौनकता थपेको आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रयोग भएका गाडीदेखि लिएर मोटरसाइकल चालकहरूले बोकेको झण्डासम्ममा दराजको लोगो र नाम राखिएको थियो ।
दराजका पदाधिकारीहरूले पनि सहभागिता जनाएका उक्त र्यालीमा विभिन्न कलाकार, अभियन्ता, तथा नेताहरुको उपस्थिति थियो ।
र्यालीमा उपस्थित दराजका साझेदारी प्रबन्धक, अमूल वैद्यले हरेक वर्ष मनाइने न्यूँ दया भिन्तुना नेवा समुदायको मात्र नभएर समग्र राष्ट्रको संस्कृति भएको बताए ।
यस्ता राष्ट्रिय संस्कृतिसँग जोडिन पाएकोमा उनले खुसी व्यक्त गरे । साथै आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रममा सहकार्य गर्ने बताए । ‘दराजको ११.११ सेल चलिरहेको समयमा यो र्यालीमा हाम्रो सहभागिताले हाम्रो संस्कृतिलाई पनि योगदान हुने र हाम्रो सेललाई तथ प्रभावकारी बनाउने हाम्रो विश्वास छ’ उनले भने ।
यो र्यालीको लागि दराज नेपालले सामाजिक सञ्जालमा एउटा पोष्ट राख्दै ‘स्पट द फ्ल्याग ’ नामक प्रतियोगिताको घोषणा गरेको थियो । जहाँ र्यालीमा प्रयोग भएको दराजको झण्डाको फोटो खिचेर कमेन्ट गर्ने केही भाग्यशाली विजेताहरूले रु ५०० सम्मको डिस्काउण्ट भाउचर पाउने छन् । यो प्रतियोगिताको विजेता मंसिर १ गते शुक्रवार घोषणा हुने कम्पनीले जनाएको छ ।
यही कात्तिक २५ गतेदेखि चलेको दराज ११.११ सेल मंसिर ६ गतेसम्म चल्ने छ । जहाँ ग्राहकहरुले रासन, घरेलु उपकरण, इलेक्ट्रोनिक्स, फेसन, र मनेरञ्जन जस्ता विभिन्न विधाका दश लाख भन्दा धेरै प्रोडक्टहरुमा ७ करोड सम्मको छुट पाउनेछन् ।
यो सेलमा मेगा भाउचरमा रु १०,००० सम्मको छुट, मेगा डिलस्मा ८० प्रतिशतसम्मको छुट, साथै मेगा गिभअवे अन्तर्गत ११ भाग्यशाली विजेताहरूले सीजी ब्राण्डको वाशिङ्ग मशिन जित्ने मौका पनि समावेश छ ।
साथै, बैंकको डेबिट कार्ड प्रयोग गरेर अग्रिम भुक्तानी गर्ने ग्राहकहरूले १५ प्रतिशत अधिकतम रु २००० सम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत अधिकतम रु २५०० को छुट प्राप्त गर्नेछन्।