३० असार २०८३, मंगलबार

स्वस्तिमा भन्छिन्– बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपियो

कात्तिक ३०, २०८०
काठमाडौं
स्वस्तिमा भन्छिन्– बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपियो

हल संचालकसँग दुईवटा माग राखेर फिल्म ‘दिमाग खराब’को प्रदर्शन रोक्ने निर्णय यसको निर्माण पक्षले लिएको छ ।

विदेशी र नेपाली फिल्मलाई बराबर शो दिनुपर्ने र फिल्म प्रदर्शनभर निर्माता र हल सञ्चालकबीच हुने सेयर बाँडफाँट बराबर हुनुपर्ने ‘दिमाग खराब’ टिमको माग छ । ​

यसैबीच, अभिनेत्री स्वस्तिमा खड्काले बूकिङ रातै हुँदा पनि आफ्नो फिल्मलाई शो नदिएर हेपिएको बताएकी छन् । ​

भक्तपुरस्थित क्यूएफएक्समा बिहीवार ‘दिमाग खराब’ र ‘टाइगर ३’को बूकिङको अवस्था फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘टाइगरको बूकिङ घट्दै जाँदा पनि जबर्जस्ती शो संख्या बढाइएको छ । बूकिङ रातै हुँदा पनि हाम्रो फिल्मलाई शो नदिएर हेपिएको छ । यो दादागिरी हो ।’ 

उनले आफूहरूको लडाइँ टाइगरसँग नभएको समेत स्पष्ट पारेकी छन् ।

‘हाम्रो लडाइँ ‘टाइगर’सँग होइन, उसलाई राजा बनाएर अरूलाई दास बनाउनेहरूसँग हो ’ उनले लेखेकी छन् ।

निश्चल बस्नेतको निर्देशन रहेको फिल्म ‘दिमाग खराब’ कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्