कात्तिक १९, २०८०
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
डा. ओम फाउन्डेसनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित सो फाउन्डेसनको औपचारिक शुरूवात गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको जनाइएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले उद्घाटन गरेको सो शिविरमा कुल चार सय २८ जनाको मुटुरोगसम्बन्धी (ईसीजी, ईको, ब्लड सुगर, लिपिडलगायतका) परीक्षण गरिएको थियो । त्यसमा ईको दुई सय ४२ जना, ईसीजी तीन सय २५ जना, सुगर तीन सय ४० जनाको जाँच गर्नुका साथै चार सयभन्दा बढी बिरामीलाई औषधि प्रदान गरिएको फाउन्डेसनले जनाएको छ ।
फाउन्डेसनका संस्थापक अध्यक्ष डा. अनिलको नेतृत्वमा काठमाडौंबाट गएका डा. अभिषेककुमार यादव, डा. पूजासिंह, डा. ओम मूर्ति निखिल, गौरवसिंह, पार्वती भगत, सत्यम्कुमार गुप्ता, राजनकुमार गुप्तालायतका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित करिब ४० जना स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरी तीन दिनसम्म बिरामीको स्वास्थ्य जाँच गरिएको थियो ।
शिविर सञ्चालनकै क्रममा डा. अनिललाई बलवा नगरपालिकाले अभिनन्दनसमेत गरेको थियो । चिकित्सा पेसामार्फत गरेको जनसेवा तथा आमनेपालीको स्वस्थ जीवनशैलीका निम्ति उनले सञ्चालन गर्दै आएको सचेतनामूलक अभियानले विश्व कीर्तिमान कायम गरेका सन्दर्भमा उनको गृहनगर बलवा नगरपालिकाले अभिनन्दन गरेको हो ।
सो अवसरमा डा. अनिलले आगामी दिनमा देशका विभिन्न जिल्लाका ग्रामीण तथा दूरदराजमा रहेका जनताको सेवाका निम्ति रचनात्मक कार्य गर्ने र आफूले लेखेको पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त हुने रकम फाउन्डेसनमार्फत असहाय वृद्धवृद्धाका निम्ति खर्च गर्ने बताएको छ ।
फाउन्डेसनमार्फत काठमाडौंको वसुन्धारास्थित केन्द्रीय कार्यालयबाट निःशुल्क टेलिमेडिसिनको सेवा प्रवाह गर्दै आएको छ ।
हालसम्म वैदेशिक रोजगारीमा रहेका र स्वास्थ्य संस्थाको पहुँचभन्दा टाढा रहेका करिब तीन सय जनाले निःशुल्क टेलिमेडिसिनको सेवा प्राप्त गरिसकेका छन् ।
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...