![दशैं नमनाउने खोकनामा सिकाली जात्राको रौनक [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Ashok/sikali-jatra-1-%20(4).jpg)
काठमाडौं,१० असोज– दशैंले सबैतिर छपक्क छोएको बेला ललितपुरको खोकनामा भने दशैंको कुनै चहलपहल छैन । स्थानीयहरूमा न टीका लाउन जानेको घुइँचो छ न पिङ र उत्सवको माहौल । काठमाडौँदेखि पाँच किलोमिटर दक्षिणमा पर्ने खोकनामा करिब ६ हजार मानिसहरू बसोबास गर्छन् । यहाँका कोही पनि वासिन्दाले दशैं मान्दैनन् । दशैंको बेला यहाँ छुट्टै पर्व भने मनाइन्छ , त्यसको नाम हो – सिकाली जात्रा।.jpg?1506422456511)
कुखुरा वर्जित गाउँका रूपमा पनि खोकना गाउँलाई चिनिन्छ । पुरै गाउँभरी कुखुरा पाल्न नहुने हुँदा स्थानीयहरू हाँस पाल्ने गर्छन् । खानेतेलको लागि पनि यो गाउँ नेपालभर प्रसिद्ध छ । घटस्थापनाका दिन धेरै नेपालीहरूको घरमा जमरा राख्ने जमर्को हुँदा घटस्थापनाको दिनदेखि खोकनामा सिकाली जात्राको चहलपहल शुरू हुन्छ । सिकाली जात्रा आउनै लाग्दा घरचोक सफासुग्घर गर्नेदेखि जात्राको लागि खानपिनको जोहो गर्नतिर व्यस्त हुन्छन् खोकनाका गृहणीहरू ।.jpg?1506422634872)
दशैं अवधिभर खोकनामा सिकाली जात्रा, रुद्रायणी देवीको नाच, क्वँ(घ्याम्पो)जात्रा, रुद्रायणी देवीको खट जात्रा चल्ने गर्छ । प्राचीनकालमा खोकना पूर्णरुपमा बौद्ध धर्मावलम्बीहरूको बस्ती थियो । यहाँ हिंसा र काटमार नै चल्दैन थियो । लिच्छवीकालमा शुरू भएको क्वँद्यो(घ्याम्पो) जात्रा खोकनाको मौलिक परम्परा हो ।
‘सिखाली’ शब्दबाट अपभ्रंस भएर सिकाली भएको मानिन्छ । प्राचीनकालमा फूल र अबिरको मात्र जात्रा हुने गरेको खोकनाका स्थानीय अशोक डंगोलले बताए । सिकाली जात्राका क्रममा खोकनामा रहेका तःगुठी,सनागुठी र जः गुठीको गरी प्रत्येक गुठीबाट ३ र ३ वटा क्वँद्यो (घ्याम्पो) गरी कूल नौवटा क्वँद्योः बनाई जात्रा गर्ने परम्परा रहेको डंगोलले बताए ।.jpg?1506422547867)
(क्वँ)घ्याम्पोको बाहिर भैरब आकृति बनाई माथि नेवारीमा बछासीको रुख राख्ने र त्यसलाई बाँसले बाँधेर दुइजनाले काँधमा बोकेर खोकना परिक्रमा गर्ने गरिन्छ । घ्याम्पोभित्रको चामलको जाँड २४ घण्टाभित्र पाक्ने जनविश्वास रहेको छ ।.jpg?1506422573630)
नेपाल सम्बत ६३३ तिर राजा अमरमल्लले स्थानीय पैताखलकहरूले चलाउँदै आएको नाटक मञ्चनलाई दशैंको बेला जात्राका रूपमा चलाउन सुझाएको र तत्पश्चात् रुद्रायणी देवीको नाच प्रचलनमा रहेको स्थानीय अशोक डंगोलले बताए । नेपालको प्राचीन सभ्यताको शिखा परम्परा नै खोकनाको शुरू भएको हुन सक्ने अनुमान डँगोलले गरे । यसरी हिंसाविरोधी गाउँका रूपमा रहेको खोकनामा दशैं नमनाउने गरेको जनविश्वास छ ।.jpg?1506423280269)