कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
कुखुरा वर्जित गाउँका रूपमा पनि खोकना गाउँलाई चिनिन्छ । पुरै गाउँभरी कुखुरा पाल्न नहुने हुँदा स्थानीयहरू हाँस पाल्ने गर्छन् । खानेतेलको लागि पनि यो गाउँ नेपालभर प्रसिद्ध छ । घटस्थापनाका दिन धेरै नेपालीहरूको घरमा जमरा राख्ने जमर्को हुँदा घटस्थापनाको दिनदेखि खोकनामा सिकाली जात्राको चहलपहल शुरू हुन्छ । सिकाली जात्रा आउनै लाग्दा घरचोक सफासुग्घर गर्नेदेखि जात्राको लागि खानपिनको जोहो गर्नतिर व्यस्त हुन्छन् खोकनाका गृहणीहरू ।
दशैं अवधिभर खोकनामा सिकाली जात्रा, रुद्रायणी देवीको नाच, क्वँ(घ्याम्पो)जात्रा, रुद्रायणी देवीको खट जात्रा चल्ने गर्छ । प्राचीनकालमा खोकना पूर्णरुपमा बौद्ध धर्मावलम्बीहरूको बस्ती थियो । यहाँ हिंसा र काटमार नै चल्दैन थियो । लिच्छवीकालमा शुरू भएको क्वँद्यो(घ्याम्पो) जात्रा खोकनाको मौलिक परम्परा हो ।
‘सिखाली’ शब्दबाट अपभ्रंस भएर सिकाली भएको मानिन्छ । प्राचीनकालमा फूल र अबिरको मात्र जात्रा हुने गरेको खोकनाका स्थानीय अशोक डंगोलले बताए । सिकाली जात्राका क्रममा खोकनामा रहेका तःगुठी,सनागुठी र जः गुठीको गरी प्रत्येक गुठीबाट ३ र ३ वटा क्वँद्यो (घ्याम्पो) गरी कूल नौवटा क्वँद्योः बनाई जात्रा गर्ने परम्परा रहेको डंगोलले बताए ।
(क्वँ)घ्याम्पोको बाहिर भैरब आकृति बनाई माथि नेवारीमा बछासीको रुख राख्ने र त्यसलाई बाँसले बाँधेर दुइजनाले काँधमा बोकेर खोकना परिक्रमा गर्ने गरिन्छ । घ्याम्पोभित्रको चामलको जाँड २४ घण्टाभित्र पाक्ने जनविश्वास रहेको छ ।
नेपाल सम्बत ६३३ तिर राजा अमरमल्लले स्थानीय पैताखलकहरूले चलाउँदै आएको नाटक मञ्चनलाई दशैंको बेला जात्राका रूपमा चलाउन सुझाएको र तत्पश्चात् रुद्रायणी देवीको नाच प्रचलनमा रहेको स्थानीय अशोक डंगोलले बताए । नेपालको प्राचीन सभ्यताको शिखा परम्परा नै खोकनाको शुरू भएको हुन सक्ने अनुमान डँगोलले गरे । यसरी हिंसाविरोधी गाउँका रूपमा रहेको खोकनामा दशैं नमनाउने गरेको जनविश्वास छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...