
दुर्गा प्रसाईं समर्थक र एमाले कार्यकर्ताबीच बल्खुमा ढुंगा हानाहान भएको छ ।
युवा संघका कार्यकर्ता बल्खु हुँदै कोटेश्वरतिर जाने क्रममा ढुंगा हानाहान भएको हो ।
प्रशासनले दुर्गा प्रसाईंको समूहलाई बल्खु र युवा संघलाई कोटेश्वर तीनकुने क्षेत्र तोकेको छ ।
युवा संघका कार्यकर्ता कालिमाटीबाट बल्खु हुँदै कोटेश्वरतर्फ जाने क्रममा तनाव भएको हो ।