
निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ले ७ करोड ग्रस कलेक्सन गरेको छ ।
कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको चलचित्रले दुई हप्तामा उक्त कमाई गरेको निर्माण पक्षले जानकारी दिएको छ ।
यो चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्कीलगायतको अभिनय छ ।
आकाश बरालको कथा लेखन रहेको चलचित्रको निर्माता रौनक विक्रम कँडेल हुन् ।
एउटा साधारण व्यक्तिको जीवनमा राजनीति कसरी जोडिन पुग्छ भन्ने कथा चलचित्रले प्रस्तुत गर्छ ।
शुक्रवारबाट चलचित्र प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ ।