२८ असार २०८३, आइतबार

डाबर नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

मंसिर ८, २०८०
काठमाडौं
डाबर नेपालद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा २५ लाख हस्तान्तरण

डाबर नेपालले भूकम्पपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

कम्पनीकी अध्यक्ष ईश्वरी राणा तथा व्यवसाय प्रमुख हरकिरतसिंह बेदी तथा कम्पनीका वरिष्ठ अधिकारीहरूले शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।

डाबर नेपालले जाजरकोट केन्द्रविन्दु भएर गत महिना गएको विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत  गरेको छ  । 

यस संकटको घडीमा भूकम्प प्रभावित जिल्लाका जनतासँगै रहेकाे कम्पनीको प्रतिबद्धता छ ।

salt training

कमेन्ट गर्नुहोस्