नेपालका लागि टाटा मोर्टसको एक मात्र आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूका लागि गाईघाटमा लक्ष्मी इन्टरप्राइजेजलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।
यही मंसिर ६ गते टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजीव शर्मा तथा त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले एक विशेष समारोहकाबीच उक्त वर्कसपको उद्घाटन गरेका हुन् ।
कम्पनीकाक अनुसार सम्पूर्ण टाटा कमर्सियल गाडीका ग्राहकहरूलाई सहज तथा आफ्नो स्थान पाएक सेवा तथा सुविधाहरू प्रदान गर्ने उदेश्यअनुरुप सर्टिफाइड ग्यारेज अवधारणाको विकास भएको हो ।
हाल कम्पनीले नेपालभरि १५ वटा सर्टिफाइड ग्यारेजलाई मान्यता प्रदान गरी ग्राहकहरूलाई सहजरुपमा सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ ।
नेपालभरि विभिन्न स्थानमा सर्टिफाइड ग्यारेज स्थापना गर्ने योजना कम्पनीको रहेको छ ।
नेपालभरि सिप्रदीको २६ वटा सर्भिस सेन्टर, ७ वटा आधिकारिक सर्भिस सेन्टर, १५ वटा सर्टिफाइड ग्यारेज र १०० भन्दा बढी आकस्मिक मर्मत सेवा केन्द्रहरू रहेका छन् ।
उक्त अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका सार्क रिजन हेड राजिव शर्माले टाटा गाडी बिक्री गर्नु मात्र आफ्नो उदेश्य नभई बिक्रीपछिको सेवा तथा सुविधाहरूमा पनि ग्राहकहरूको आजको आवश्यक्तालाई पहिचान गरी त्यस आवश्यक्तालाई कसरी परिपूर्ति गर्न सकिन्छ भन्ने कुरामा त्यतिकै जोड रहेको बताए ।
त्यही अनुरुप ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर विभिन्न स्थानमा सर्भिस सञ्जालको विस्तार गर्ने र दक्ष तथा अनुभवी जनशक्तिको विकास गरी सहज तथा सुलभ सेवाहरू प्रदान गर्दै जाने उनको भनाइ थियो ।
त्यसै गरी त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले यस्ता व्यवसायहरूको स्थानीय स्तरमा निकै महत्वपूर्ण भुमिका रहेको बताइन् । स्थानीय युवाहरूलाई देशमा नै स्वरोजगार बनाई राष्ट्र निर्माणको बाटो रोजेकोमा उनले बधाई तथा शुभकामना समेत दिएकी थिइन् ।
त्यसै अवसरमा लक्ष्मी इन्टरप्राइजेजका मेनेजिङ्ग डाइरेक्टर लक्ष्मीनारायण श्रेष्ठले टाटा मोटर्सको सम्पूर्ण सिस्टमहरूलाई अबलम्बन गर्दे ग्राहकहरूलाई उच्चकोटीको सेवा तथा सुविधाहरू प्रदान गर्नमा प्रतिबद्ध रहेको बताएका थिए ।
त्यस अवसरमा टाटा मोटर्स कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजन नेपालका प्रतिनिधि मृनाल सेन, सिप्रदी कस्टमर क्येर कमर्सियल भ्येकल डिभिजनका उप महाप्रबन्धक सरद न्यौपाने, सिप्रदीका चिफ मेनेजर सुवासकुमार दाशको साथमा ग्राहकहरूको पनि उपस्थिति रहेको थियो ।