०१ साउन २०८३, शुक्रबार

बाबुरामसँग एकता गर्न माओवादीले कहिले गर्छ निर्णय ?

मंसिर १०, २०८०
काठमाडौं
बाबुरामसँग एकता गर्न माओवादीले कहिले गर्छ निर्णय ?

नेपाल कम्युनिस्ट पार्टी (माओबादी केन्द्र) ले केन्द्रीय समितिको बैठकबाटै एकता संयोजन समिति बनाउने भएको छ । नेपाल समाजबादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एकता गर्न संयोजन समिति बनाएपछि माओवादीले केन्द्रीय बैठकबाट समिति बनाउने भएको हो ।

प्रधानमन्त्री तथा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कोपमा सहभागी भई संयुक्त अरब इमिरेट्स (युएई) बाट फर्किएपछि बैठक बसेर एकता संयोजन समिति बनाइने पार्टी कार्यालय प्रमुख सचित्र श्रीराम ढकालले बताए। प्रधानमन्त्री मंसिर १३ देखि १७ गतेसम्म युएई भ्रमणमा जाने तयारी रहेको खबर गोरखापत्रमा छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्