२९ असार २०८३, सोमबार

डिशहोम फाइबरनेटको ‘शानदार’ १२ महिने योजना अफर सार्वजनिक

मंसिर ११, २०८०
काठमाडौं
डिशहोम फाइबरनेटको ‘शानदार’ १२ महिने योजना अफर सार्वजनिक

डिशहोम फाइबरनेट कम्पनीले हालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरूमा भारी छुट दिँदै आएको छ । यस अफरअन्तर्गत अब नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र ६ हजार ६८५ (भ्याट बाहेक) रुपैयाँमा जडान गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी (डुअल ब्यान्ड) राउटर पनि सित्तैमा पाउने कम्पनीले जनाएको छ ।  यसअघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य ७ हजार ७९९ रुपैयाँ पर्ने गर्दथ्यो । 

यो ‘शानदार अफर’ १२ महिने योजना अफरअन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसदेखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् । 

जसमा ग्राहकहरूले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्मको वार्षिक प्याकेज जडान गर्दा फाइभ–जी राउटर पाउनेछन् भने ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाई–६ राउटर प्राप्त गर्नेछन् । 

कम्पनीले यसअघि जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मूल्य १० हजार ४९९ (भ्याट बाहेक) रुपैयाँ पर्ने रहेको छ ।  

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा नै ०१–५९७०३६५ मा आजै सिधै फोन गर्न सकिने डिशहोमले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्