२९ असार २०८३, सोमबार

सैनिक श्रीमती सङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग

मंसिर १४, २०८०
काठमाडौं
सैनिक श्रीमती सङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग

सैनिक श्रीमतीसङ्घद्वारा कात्तिक १७  गते  जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ ।

सङ्घकी अध्यक्ष सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्