२७ असार २०८३, शनिबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषको सम्मान

मंसिर १८, २०८०
काठमाडौं
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषको सम्मान

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् ।

गत वैशाखमा सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । सिटी एक्सप्रेसले अपाङ्ग कोषसँग सहकार्य गरी वैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरूलाई सेवा पुर्याउने उदेश्यले अपाङ्ग कोषलार्ई  उक्त रकम सहयोग गरेको थियो ।  

अपाङ्ग कोषले अपाङ्गता भएका १ हजार ५०० जना व्यक्तिहरूका लागि वार्षिक रूपमा आवश्यक सहयोग सामग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरीय फिजियोथेरापी, अकुपेसनल र परामर्श सेवा उपलब्ध गराउँदै आएको छ । 

सिटी एक्सप्रेसले समाजमा सकारात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्वअन्तर्गत थुप्रै संघ-संस्थालाई सहयोग गर्दै आएको छ । 

यसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

हालै मात्र सिटी एक्सप्रेसले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारू गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्