×

NIC ASIA

‘बालबालिकाको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण’

काठमाडाैं | मंसिर २३, २०८०

Prabhu Bank
NTC
Premier Steels

 राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले बालबालिकाको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण रहने  धारणा राखेका छन् । राजधानीमा आयोजित ‘सौगात आइकन २०८० सिजन ७’मा सम्बोधन गर्दै बालबालिकालाई सही समयमा सही वातावरण सृजना गरी उनीहरुको क्षमता अभिवृद्धिमा अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए ।

Muktinath Bank

    “हामीले बालबच्चालाई जुन वातावरण दिन्छौँ । जुन संस्कार संस्कृति दिन्छौँ, सोहीअनुरुप व्यवहारमा देखाउने गर्छन् । भोलिका युवाको निर्धारण आजका बालबालिकाले गर्छन् । यसमा अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ । आफ्ना बालबच्चा कस्ता बनाउने भनी अभिभावकले ध्यान दिनुपर्छ”, डा शर्माले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    मोन्टेसरी स्कूल प्रमुख राज्य लक्ष्मी श्रेष्ठले यस्ता कार्यक्रमले बालबालिकाको सामाजिक व्यवहार र सीप विकासमा भूमिका खेल्ने धारणा व्यक्त गरिन् । विद्यालयले  विसं २०७३ देखि बालबालिकाको नेतृत्व क्षमता अभिवृद्धि, आत्मविश्वास र  सञ्चार कौशल सुधार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममा विभिन्न नेपाली भेषभुषामा सांस्कृतिक नृत्य, फेसन शो, प्रश्नोतरमार्फत विद्यार्थीले प्रतिभा देखाएका थिए । 


Advertisment
Nabil box
Kumari

    कूल २१ विद्यार्थी सहभागी सो कार्यक्रममा छात्रातर्फ क्रिस्मा पन्थी र छात्रतर्फ निर्भिक गौतम उत्कृष्ट भएका छन् । फस्ट रनर अप आरभ यादव र सर्लिन श्रेष्ठ र सेकेन्ड रनर अप समिप सुवेदी र आभ्या गौतम भए । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

बैशाख २९, २०८१

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने अभियान सञ्चालन गरेको   छ ।  नगरपालिकाले सामुदायिक विद्या...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x