०२ साउन २०८३, शनिबार
शेयर बजारमा उछाल

लगातार ३ सर्किट लागेपछि आइतवारलाई बन्द भयो शेयर कारोबार, १११ अंकले बढ्यो नेप्से

मंसिर २४, २०८०
काठमाडौं
लगातार ३ सर्किट लागेपछि आइतवारलाई बन्द भयो शेयर कारोबार, १११ अंकले बढ्यो नेप्से

लगातार ३ पटकसम्म सकारात्मक सर्किट लागेपछि आइतवारका लागि शेयर कारोबार बन्द भएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजारमा उछाल आएको हो ।​

आइतवार कारोबार खुलेको ५ मिनेटमा नै ४ प्रतिशतले बढेपछि २० मिनेटलाई बजार बन्द भएको थियो ।

कारोबार सुचारु भएलगत्तै अर्को एक प्रतिशत बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटलाई बजार बन्द भयो ।

४० मिनेटपछि खुलेको बजार फेरि १ प्रतिशतले बढेर ६ प्रतिशत पुगेपछि आइतवारका लागि कारोबार नै बन्द भयो ।

अघिल्लो कारोबार दिन (बिहीवार ) १८५२.७८ अंकमा कायम भएको बजार आइतवार १११.२० अंकले बढेर १९६३.९८ बिन्दुमा बन्द भएको छ । 

आइतवार कारोबार रकम भने जम्मा ४८ करोड २४ लाखमा सीमित भएको छ ।

नेपाल राष्ट्र बैंकले ५० लाख रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ। त्योभन्दा मुनिको जोखिम भार १०० प्रतिशत छ ।

मौद्रिक नीतिको समीक्षालाई सकारात्मक रूपमा लिँदै बजारमा उछाल आएको हो ।

salt training

कमेन्ट गर्नुहोस्