
महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।
एसयूभीलाई वास्तविकतामा परिणत गर्दै भारतको अग्रणी एसयूभी निर्माता महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) आइतवार सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम सञ्चालनमा ल्याएको हो ।
काठमाडौंमा, इटहरी, जनकपुरधाम, चितवनलगायतका ठाउँहरूमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को शुभारम्भ गरेपछि क्षेत्रीय स्तरमा धनगढीमा शोरुम स्थापना गरिएको कम्पनीले जनाएको छ ।
नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शोरुमको उद्घाटनमा मन्त्री प्रकाशबहादुर देउवा, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र धनगढी, कैलालीका आधिकारिक डिलर ठाकुर मोर्टसका सञ्चालक हरिशङ्कर ठाकुर लगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।