०२ साउन २०८३, शनिबार

‘जारी’ निर्देशकको नयाँ फिल्म वैशाखमा, शीर्ष भूमिकामा दयाहाङ र मिरुना

मंसिर २९, २०८०
काठमाडौं
‘जारी’ निर्देशकको नयाँ फिल्म वैशाखमा, शीर्ष भूमिकामा दयाहाङ र मिरुना

‘जारी’ निर्देशक उपेन्द्र सुब्बाको नयाँ फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । 

निर्माण कम्पनी कबड्डी फिल्मसले शुक्रवार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । फिल्ममा दयाहाङ राई र मिरुना मगर शीर्ष भूमिकामा रहनेछन् ।

सार्वजनिक पोस्टरमा भने मिरुनालाई मात्र प्रस्तुत गरिएको छ । फिल्ममा उनी मनसरा पात्रको भूमिकामा देखिनेछिन् । 

मेनुका प्रधान र प्रवीण खतिवडाको पनि फिल्ममा शीर्ष भूमिका रहनेछ ।

निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गर्नेछन् । ‘जारी’बाट तारिफ बटुलेका सुब्बाको यो फिल्मको रिलिज मिति घोषणा भएसँगै दर्शकका लागि प्रतीक्षित हुने सहज अनुमान गर्न सकिन्छ । 

‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढीको व्यापार गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्