![दशरथ रंगशालामा दीक्षान्त समारोह: काठमाडौंको ट्राफिक अस्तव्यस्त [ड्रोन फोटोसहित]](https://lktcdn2.prixacdn.net/media/DJI_0975_UMhbmJTTYz.jpg)
त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहका कारण काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार दीक्षान्त समारोह चलिरहेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्ड कार्यक्रममा सहभागी हुँदैछन् । त्रिपुरेश्वर क्षेत्रमा सवारी साधनको चाप बढ्दा कार्यालय समयमा काठमाडौं उपत्यकाको सवारी आवागमन अस्तव्यस्त बनेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पनि काठमाडौंका ठाउँठाउँमा ट्राफिक जाम रहेको जनाएको छ ।
बिहान साढे १० बजेको समयमा त्रिपुरेश्वर, थापाथलीको जाम कुपण्डोल हुँदै जावलाखेलसम्म पुगेका थियो ।

गिनिज बुकका रेकर्ड राख्ने भनिएको दीक्षान्त समारोहमा १२ हजार दीक्षित हुने तयारी छ ।



