०४ साउन २०८३, सोमबार

फेरि एक्सन फिल्ममा काम गर्छु : पूजा शर्मा

पुस २, २०८०
काठमाडौं
फेरि एक्सन फिल्ममा काम गर्छु : पूजा शर्मा

अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेको फिल्म ‘दान्भी’ वर्ष २०२४ भित्र प्रदर्शनमा आउँदैछ । ‘लभर गर्ल’का रुपमा रुचाइएकी शर्माको एक्सन दृश्यले भरिएको यो फिल्मको टिजर केही दिनअघि सार्वजनिक गरिएको थियो । 

केही समयको तालिमपछि उनले यो फिल्ममा काम गरेकी थिइन् । तालिमले आफूलाई हौसला बढाएको टिजर रिलिज कार्यक्रममा उनले बताएकी थिइन् । फिल्ममा काम गरिसकेपछि एक्सन गर्नका लागि ठूलो हिम्मत हुनुपर्छ भन्ने आफूलाई लागेको अनुभव समेत उनले सेयर गरिन् । 

शर्माले यसपछि आफूले फेरि एक्सन फिल्ममा काम गर्ने बताइन् । लभस्टोरीभन्दा एक्सन फिल्ममा काम गर्न गाह्रो भए पनि यसमा छुट्टै आनन्द महसुस गरेको उनको भनाई थियो । फेरि एक्सन फिल्ममा काम गर्नुहुन्छ भन्ने प्रश्नमा भनिन् ‘यसपछि त एक्सन फिल्म नै हो । किनकी एक्सन फिल्म गर्दा छुट्टै मज्जा आउने रहेछ । फेरि एकपटक योभन्दा अझै दामी काम गर्न मन छ । आफैले पनि एक्सन फिल्म गर्ने तयारीमा छु । स्क्रिप्ट पनि भनिरहेकी छु ।’ 

फिल्ममा अभिनेत्री शर्माले ‘मेसिनगन’ प्रयोग गरेको विषय समेत चर्चामा छन् । उक्त मेसिनगन भारतबाट दैनिक १ लाख भारू तिर्नेगरी भाडामा झिकाएर काम गरेको उनले बताइन् । 

रुपेश तामाङको निर्देशनमा बनेको ‘दान्भी’मा पूजाको अपोटिजमा अभिनेता कुन्साङ बोन्जन छन् ।

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका बोन्जनको यो डेब्यु फिल्म हो ।

salt training

कमेन्ट गर्नुहोस्