
लिट्मस केबल्सले ७ महिना लामो प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।
कम्पनीले इलेक्ट्रिसियनलाई लक्षित गरी ‘लिट्मस केबल्स : इको वायरिङ स्मार्ट वाचदेखि दुबईसम्मको यात्रा’ नामक योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार योजनाको मुख्य उद्देश्य इलेक्ट्रिसियनको परिश्रम र समर्पणका लागि पुरस्कृत गर्नु रहेको छ ।
जस अन्तर्गत इलेक्ट्रिसियनले ५० कोइल्सको खरिदमा स्मार्ट वाच, एक सय कोइल्सको खरिदमा ड्रिल मेसिन, तीन सय कोइल्सको खरिदमा एयर कुलर, पाँच सय कोइल्सको खरिदमा मुक्तिनाथको यात्रा अथवा मोबाइल र एक हजार कोइल्सको खरिदमा टिभीजस्ता उपहारहरू जित्ने अवसर पाउने छन् ।
यसका साथै एक हजार पाँच सय कोइल्सको खरिदमा वासिङ मेसिन र दुई हजार पाँच सय कोइल्सको खरिदमा दुबई यात्राको अवसर पाउने कम्पनीले जनाएको छ । योजनामा सहभागी हुनका लागि, इलेक्ट्रिसियनले इकोवायर–जेडएच खरिद गरी कुपनहरू नजिकैको लिट्मस केबल्सको डिलरमा आवश्यक विभिन्न जानकारी गराउनुपर्ने जनाइएको छ । योजनाअन्तर्गत जम्मा भएको कुपनका आधारमा उपहार प्रदान गरिने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार इकोवायर–जेडएच नेपालकै पहिलो जेरो हेलोजेन तार रहेको र यो सुरक्षा सुधार गर्नका लागि विशेष रूपमा पीभीसी पोलिमरद्वारा बनाइएको तार रहेको रहेको छ ।
यसै कारणले आगलागीको समयमा, यसले हानिकारक धुवाँ र हेलोजन–मुक्त ग्यास मात्र फाल्ने हुनाले सुरक्षित र वातावरणमैत्री रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो योजना यही पुस १ गतेदेखि आगामी असार ३१ गतेसम्म जारी रहने छ ।