२२ असार २०८३, सोमबार

बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अब एकै पटक तीन महिनासम्म पुग्ने औषधी

पुस ३, २०८०
काठमाडौं
बीमा कार्यक्रममा आबद्ध नागरिकलाई अब एकै पटक तीन महिनासम्म पुग्ने औषधी

नियमित औषधी सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई हाल १–१ महिनाका लागि औषधी दिइँदै आएकोमा तीन महिना पुर्‍याइएको छ । स्वास्थ्य बीमा बोर्डले यससम्बन्धी आवश्यक निर्णय गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्णय कार्यान्वयन गर्न पत्राचार गरेको छ । 

मंसिर २७ मा बसेको स्वास्थ्य बीमा बोर्डको बैठकको निर्णयअनुसार सोमबार निर्णय कार्यान्वयनका लागि पत्राचार भएको शाखा अधिकृत खुमबहादुर घर्तीले जानकारी दिए । पत्रमा भनिएको छ, ‘नियमित औषधी सेवन गरिरहेका स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई १–१ महिनाका लागि दिइरहेको औषधी ३–३ महिनाका लागि दिने गरी व्यवस्था गर्ने ।’

यसैगरी एकपटक रिफर भई आएका बीमित बिरामीहरूलाई सोही रोगको फलोअपका लागि पुनः प्रेषण पुर्जी लिन नपर्ने गरी व्यवस्था भएको पनि निर्णयमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्