
इस्पी सम्बत्को नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ ‘पोखरा स्ट्रिट फेस्टिभल’ हुने भएको छ ।
रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेवान)को आयोजना र एडसाथीको व्यवस्थापन र नोस्टाल्जिक थ्री फूड कोर्टको रुपमा फेस्टिभलमा सहभागी हुँदैछन् ।
आगामी डिसेम्बर २८ देखि जनवरी १ तारिसम्म हुने फेस्टिबलमा स्थानीय उत्पादनको प्रवद्र्धनका गरिने आयोजकले जनाएका छन् ।
पाँच दिनसम्म चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछ ।
पोखरा स्ट्रिट फेस्टिवल स्थानीय र पर्यटकहरूका लागि एकैसाथ अविस्मरणीय अनुभव प्राप्त हुने आयोजकले जनाएको छ ।
फेस्टिभलको प्रमुख आयोजक रेबानले नेपालको सांस्कृतिक सम्पदालाई प्रदर्शन गर्दै स्थानीय रेस्टुरेन्ट र बार उद्योगलाई प्रवद्र्धधन गर्ने लक्ष्य राखेको छ ।
व्यवस्थापनको जिम्मा लिएको एडसाथीले कार्यक्रमलाई सहजतापूर्ण सफल पार्ने संकल्प लिएको छ ।
फूड कोर्ट साझेदारको रूपमा रहेको नोस्टास्जिक थ्रीले परम्परागत नेपाली परिकारदेखि अन्तर्राष्ट्रिय व्यञ्जनसम्मको अनुभव दिनेछ । उक्त फेस्टिभलमा ३० प्रकारमा स्थानीय खाना राखिएको छ ।
पोखरा स्ट्रिट फेस्टिभलमा प्रख्यात कलाकारहरूबाट लाइभ संगीत प्रदर्शन, नेपालमा विभिन्न प्रकार खाना प्रर्दशनी तथा स्वाद लिने पाइने, परम्परागत नृत्य, सांस्कृतिक कार्यक्रम र सडक थिएटरहरू राखिएको नोस्टाल्जिक थ्रीका इडा रिजालले जानकारी दिइन् ।
साथै नोस्टाल्जिक थ्रीले रमाइलोका लागि वियर सल्किङ, टिकट्यागटो र अन्य थुप्रै खेलसमेत फेस्टिबलमा देखाइने छ ।