२८ असार २०८३, आइतबार

निश्चल र स्वस्तिमाको फिल्म ‘दिमाग खराब’ले मनायो ५१ औं दिन, कति कमायो ?

पुस १५, २०८०
काठमाडौं
निश्चल र स्वस्तिमाको फिल्म  ‘दिमाग खराब’ले मनायो ५१ औं दिन, कति कमायो ?

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ । 

राजधानीको रञ्जना सिनेप्लेक्ससहित ३ वटा हलमा फिल्मले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो । फिल्मले ५१ औं दिन मनाएको अवसरमा निर्माण पक्षले केक काट्दै खुशी साटेको छ । 

सो अवसरमा सिक्वेलको समेत घोषणा गरिएको छ । सिक्वेल २०८३ सालको दशैँमा रिलिज हुने निर्देशक बस्नेतले जानकारी दिए ।

निर्माण पक्षका अनुसार ‘दिमाग खराब’ले १० करोड हाराहारी ग्रस कलेक्सन गरेको छ ।

५१ औं दिनको खुशी साट्न आयोजित कार्यक्रममा अभिनेता दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपलिया, निर्देशक निश्चल बस्नेत, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो । 

फिल्म कार्तिक २४ गतेबाट प्रदर्शनमा आएको थियो । अहिले पनि फिल्म नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ । 

रौनक विक्रम कँडेल निर्माता रहेको यो फिल्मको कथा आकाश बरालले लेखेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्