०४ साउन २०८३, सोमबार

भेस्पा र अप्रिलियाको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट साझेदार, लक्की ड्रमार्फत ५ जनालाई उपहार

पुस १९, २०८०
काठमाडौं
भेस्पा र अप्रिलियाको सर्भिस क्याम्पमा गल्फ लुब्रिकेन्ट साझेदार, लक्की ड्रमार्फत ५ जनालाई उपहार

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम साझेदारको रुपमा सहभागी भएको छ ।  

जाडो मौसमले दुई पाङ्ग्रे साधनमा नकारात्मक असर पार्न सक्ने हुनाले, सो असरबाट सुरक्षित रहन भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्प सम्पन्न भएको कम्पनीले जनाएको छ ।  

पुस  ५ देखि १४ गतेसम्म सञ्चालित सो क्याम्प काठमाडौं उपत्यका भरीका ५ वटा स्थानमा रहेको भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस स्टेसनमा सम्पन्न भएको थियो ।  भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरूलाई लक्षित क्याम्पमा निःशुल्क सर्भिसिङ र गल्फ इन्जिन आयल चेन्ज  प्रदान गरेको थियो ।

सो क्याम्पमा सहभागी २६०० भन्दा धेरै ग्राहकमध्ये ५ ‘भाग्यमानी’ ग्राहकलाई लक्की ड्रमार्फत ‘आकर्षक उपहार’ प्रदान गरिएको थियो । लक्की ड्रबाट रत्न केशरी रञ्जितकार  (भक्तपुर),  रञ्जु नेपाल  (बनेपा),  नवीना श्रीश (एकान्तकुना), रोमीका न्यौपाने (गहनापोखरी) र  मोनिका श्रेष्ठ (झम्सिखेल) विजेता भएका छन् ।

क्याम्प नेपाल ल्युब आयल र भेस्पा–अप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्