२७ असार २०८३, शनिबार

टाटा मोटर्स फन कार्निभल ३.० आयोजना आजबाट शुरू

पुस २०, २०८०
काठमाडौं
टाटा मोटर्स फन कार्निभल ३.० आयोजना आजबाट शुरू

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम आजबाट शुरू भएको छ ।

यही पुस २२ गतेसम्म चल्ने कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभी लगायतका गाडीहरू साट्न सकिने कम्पनीले जनाएको छ ।​​

ग्राहकवर्गको परिवर्तित जीवनसैली र अत्याधुनिक सवारीहरू प्रतिको रुचि तथा चाहनाहरूलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको हो ।

फन कार्निभल ३.० उपत्यकाभित्र टाटा मोटर्सको शोरुम – थापाथली, वेष्टर्न मोटर्स् – महाराजगन्ज, जेबी मोटर्स् – बालकुमारी, सिप्रदी ट्रेडिङ्ग प्रालि – राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा आयोजना गरिएको हो ।

यस अन्तर्गत टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, ईभी गाडीहरूका लागि निःशुल्क फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् ।

यस कार्निभलको मुख्य उदेश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जनमार्फत नौलो अनुभूति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु हो ।

कार्यक्रमको अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै यस कार्यक्रममा सहभागी भई नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्