मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
काठमाडाैं | पुस २२, २०८०
गत असोज ४ गते अर्थमन्त्रालयमा दोस्रोपटक सचिवको कुर्सीमा बस्दै कृष्णहरि पुष्करले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा सरकारी संयन्त्रले अधिकतम प्रयास गर्ने दाबी गरेका थिए ।
पहिलोपटक २०७९ को साउनदेखि पुससम्म ५ महिना अर्थसचिव बनेर केही गर्न नसकेका पुष्करले दोस्रोपटक गरेको दाबीअनुसार काम भएको भए अर्थतन्त्रले लय समातिसकेको हुन्थ्यो । निजी क्षेत्र सबल बन्थ्यो । बजार मागमा ५० प्रतिशतले संकुचन आउने थिएन । उद्योगी, व्यवसायी र व्यापारीहरू पलायन हुनुपर्ने अवस्था पनि आउने थिएन ।
परिस्थिति उनले दाबी गरेभन्दा ठ्याक्कै उल्टो छ । सुधारको कुनै संकेत देखिँदैन ।
मन्त्रालयका एक कर्मचारीका अनुसार अहिले पुष्करले निर्देशन दिनेबाहेक केही गर्दैनन् । प्राविधिक विषयमा अल्मल्लिइरहन्छन् । 'उहाँ आर्थिक विषयमा कुनै निर्णय लिन सक्नुहुन्न र अर्थसम्बन्धी प्राविधिक विषयमा अल्मलिनुहुन्छ । कतिपय विषयमा उहाँले मातहत शाखाका सहसचिव र उपसचिव बोलाएर यो के हो, कसो हो भन्ने शैलीमा सोधिरहनुहुन्छ,' मन्त्रालयकै एक कर्मचारीले भने ।
अर्थमन्त्रालय मातहत कुनै निकायमा काम नगरेका पुष्कर २४ असार २०७८ मा सचिवमा बढुवा भएका थिए । सचिव बनेपछि राजस्व सचिवको पुरस्कार पाउन २ महिना पनि लागेन । 'यो शक्तिकेन्द्रको आशीर्वादले मात्र सम्भव भएको हो,' पुष्करको प्रसंग आउँदा समकक्षीहरू भन्छन् ।
तिनै पुष्कर राजस्व सचिवको कुर्सीमा बसेका बेला बजेटमा करको दर हेरफेर गर्न सघाएको आरोप मात्र खेपेनन् अस्ट्रिया घुमघाम गरेर थप आलोचित समेत बने ।
अर्थसचिव बन्न आफ्नो अनुभव नपुगेको पुष्कर आफैं स्वीकार्छन् । विगतलाई हेर्दा एकाधबाहेक कुनै पनि अर्थसचिवको अनुभव नपुग्ने उनको दाबी छ ।
'सुमन शर्माबाहेक अन्य कुनै अनुभवीको नाम भन्नुस् त ?' उनको प्रतिप्रश्न थियो, 'के हो अनुभव र योग्यता भनेको ? मलाई यसबारे थाहा छैन ।'
उनले शान्तराज सुवेदी, राजन खनाल र मधु मरासिनी हुलाकबाट अर्थमा आएको उल्लेख गरे । 'उहाँहरूसँग अनुभव नभए नि हुने, मेरो अनुभवको विषयमा किन प्रश्न उठिरहने ?' उनको प्रतिप्रश्न छ ।
उनले दिल्लीस्थित दूतावासमा बसेर नेपाल–भारतबीचको आर्थिक कूटनीतिलाई मजबुत बनाएको, राजस्व चुहावट नियन्त्रण समिति र उद्योग वाणिज्य तथा आपूर्तिमा पनि काम गरेको दाबी गरे ।
नेपाललाई श्रीलंका बन्नबाट आफैंले जोगाएको उनको जिकिर छ ।
कर्मचारी सरुवामा अस्वाभाविक चासो
गत भदौको तेस्रो साता मापदण्डविपरीत ५८ सहसचिवको सरुवा गरिएको थियो, त्यसमा पुष्करको विशेष चासो रहेको विषय त्यतिबेलै बाहिर आएको थियो ।
अर्थमन्त्रालयसँग सम्बन्धित निकायहरूमा भएको सरुवामा पुष्करको विशेष लगाव रहने गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
'यहाँ (सामान्यमा) हुँदा पनि उहाँको ध्यान सरुवाबाहेक अन्त कतै थिएन, अर्थ पुगेपछि पनि यहीँको सचिव भएजस्तो गरेर हामीलाई यो गर, त्यो गर, फलानालाई फलानो ठाउँमा पठाऊ भन्दै निर्देशन दिनुहुन्छ,' ती कर्मचारीले भने ।
२०७९ को पुसमा अर्थबाट उनलाई सामान्य प्रशासन मन्त्रालयमा ल्याइएको थियो ।
सामान्यमा हुँदा मन्त्रीसँगको टसल चर्चाको विषय बन्यो । कर्मचारी सरुवामा मात्रै रुचि राख्ने र अन्य केही काम नगर्ने पुष्करको स्वभाव देखेपछि तत्कालीन मन्त्री अमनलाल मोदीले उनलाई भेट्न खोजे ।
तर, सचिव पुष्करले ४ दिनसम्म मन्त्रीलाई भेट्नै मानेनन् । त्यसपछि मन्त्री मोदीले पुष्करको हाजिरीमा रातो घेरा लगाइदिए । त्यही टसल उनलाई अर्थमा फर्किने बहाना बन्यो ।
'पुनः अर्थमा जाने गरी पुष्करले स्वदेशी र विदेशी शक्तिकेन्द्र रिझाइरहेका थिए । उनलाई सामान्यबाट उम्कने बहाना मात्र चाहिएको थियो,' सामान्य प्रशासन मन्त्रालयका ती कर्मचारी भन्छन्, 'मन्त्रीले हाजिरीमा रातो लगाइदिएपछि त्यो नै यहाँबाट उम्कने बहाना बन्यो ।'
गत मंसिरमा ७१ जना सहसचिवको सरुवाका बेला सामान्य र अर्थबीच ठूलै लफडा देखिएको थियो । पुष्करले उक्त प्रस्ताव तयार भएको महिनौंसम्म पनि निर्णय हुन दिएका थिएनन् ।
अर्थ र गृह मन्त्रालय मातहतका निकायमा सहसचिवको सरुवा बढी चासोको विषय हुने गर्छ । पुष्करको चासो मुख्यतः आर्थिक चलखेल हुने विभागको महानिर्देशक, भन्सारका प्रमुख प्रशासक, आन्तरिक राजस्व विभाग, भन्सार विभागलगायतका स्थानमा रहने गरेको छ ।
गत वर्षको कार्यकालमा उनीमाथि सरुवाको दररेट नै निर्धारण गरेको आरोप लागेको थियो ।
ललितपुर आन्तरिक राजस्व कार्यालयबाट आन्तरिक राजस्व कार्यालय चितवन, ठूला करदाता कार्यालयबाट आन्तरिक राजस्व कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय इटहरीबाट आन्तरिक राजस्व कार्यालय भैरहवा, आन्तरिक राजस्व कार्यालय जनकपुरबाट पुतलीसडक सरुवा गर्दा अस्वाभाविक चलखेल भएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार त्यतिबेला सरुवा भएका कार्यालय प्रमुखहरू निरन भट्टराई, ध्रुव पोखरेल, शान्तिराम निरौला, तिलक खड्का, सुदिश अर्याल, सुनिल यादव सबैलाई 'मालदार ठाउँ'मा पुष्करकै पहलमा सरुवा गरिएको थियो । पुष्करले गजेन्द्र यादव र सुनिल यादवलाई परिचालन गरी सरुवामा रकम असुली गरेको दाबी स्रोतले गर्यो ।
तर, आफू अर्थसचिव भएपछि सरुवामा कुनै हस्तक्षेप नगरेको पुष्करको दाबी छ ।
सरुवा मोहबारे जिज्ञासा राख्दा उनले भने, 'म अर्थसचिव भएर आएपछि एकजनाको पनि सरुवामा हस्ताक्षर गरेको छैन । ऐनले मलाई नै अधिकार दिएको छ, तर हस्ताक्षरचाहिँ राजस्व सचिवको छ ।'
उनले सामान्य प्रशासन मन्त्रालयमा हुँदा पनि ऐनले दिएको अधिकार मात्र प्रयोग गरेको उनले दाबी गरे ।
विवादका केन्द्र
वैकल्पिकमा नाम निकाली खरिदारबाट निजामती करिअर शुरू गरेका पुष्कर 'चाकडी र चाप्लुसी'का भरमा छोटो समयमै अर्थ सचिवको जिम्मेवारीमा आएको उनका एक पूर्व सहकर्मीले बताए ।
बढुवा हुनेबित्तिकै मालदार मन्त्रालय र निकायमा जिम्मेवारी पाउने गरेका पुष्करमाथि कांग्रेसका नेताहरूको आशीर्वाद रहने गरेको आरोप समेत लाग्दै आएको छ ।
तत्कालीन श्रममन्त्री मोहम्मद आफताब आलम (हत्या अभियोगमा हाल थुनामा रहेका)को विशेष आशीर्वादले वैदेशिक रोजगार विभागको महानिर्देशक भएलगत्तै म्यानपावरहरूबाट असुली शुरू गरेको आरोप उनीमाथि लाग्यो । त्यसपछि तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले पुष्करले आफ्नो छविमा पनि दाग लगाउन खोजेको भन्दै त्यहाँबाट सरुवा गरिदिए ।
त्यसपछि पुष्करले केही जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) भई काम गरे, तर जहाँजहाँ गए त्यहाँत्यहाँ विवादास्पद निर्णय गरेको समकक्षीहरू बताउँछन् ।
'जीहजुरीकै कारण मालदार निकायमा सरुवा हुने तर काम भने माखो नमार्ने, गरिहाले पनि विवादास्पद निर्णय गर्ने उहाँको पुरानै चरित्र हो,' अर्थका एक कर्मचारीले लोकान्तरसँग भने ।
त्यतिबेलासम्म खासै सञ्चारमाध्यमहरूको फ्रेममा नआएका पुष्कर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता बनेर गएपछि भने हेडलाइन नै बन्नेगरी विवादित हुन थाले ।
उनले लोकमानसिंह कार्कीको कार्यकालमा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसन बस्दै आएका डा. गोविन्द केसीलाई ‘पागल’ को संज्ञा दिएर विज्ञप्ति निकालेका थिए ।
कार्कीकै आदेशमा २०७२ मंसिरमा विभिन्न मन्त्रालयका वरिष्ठ सहसचिवहरूलाई अख्तियारमा बोलाएर 'नरपिचास'जस्ता अभद्र शब्द प्रयोग गर्दै अपमान गरेका थिए ।
अख्तियारमै रहँदा अनियमिततामा मुछिएका आयल निगमका तत्कालीन प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई जोगाउन समेत उनले लबिङ गरेको स्रोतको दाबी छ ।
अख्तियार छाडेपछि कार्कीकै सहारामा पुष्करले दिल्लीस्थित नेपाली दूतावासको इकोनोमिक काउन्सिलरको नियुक्ति पाए । त्यहाँ रहँदा सरकारको नीति तथा कार्यक्रमबारे अभद्र टिप्पणी गरेपछि उनलाई ओली सरकारले २०७६ को जेठमा त्यहाँबाट तानेको थियो ।
उनले गरेका विवादित कामहरूको फेहरिस्त यतिमा मात्र सीमित छैन । उनी कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरमा रहँदा स्वास्थ्य सामग्रीको विवादित खरिद प्रकरणमा मुछिए भने प्रदेश २ को तत्कालीन आन्तरिक मामिला तथा कानून मन्त्रालयमा रहँदा मापदण्डविपरीत सुराकी भत्ता बुझेको आरोप लागेको थियो, जतिबेला मधेश कोभिड संक्रमणको हब बनेको थियो ।
२७ वर्षे निजामती करिअरमा विवादै विवादमा परेका पुष्कर शक्तिकेन्द्रको आडमा सधैं छानबिनबाट बच्ने गरेको अर्थ मन्त्रालयकै अर्का एक कर्मचारीले बताए ।
विदेश भ्रमणमोह
विदेश भ्रमणको मौका आउनेबित्तिकै पुष्करले विशेष चासो राख्ने गरेको र सम्भव भए आफैं, नभए आफूनिकटलाई सिफारिश गर्ने गरेको आरोप पनि लाग्दै आएको छ ।
उनी यसअघि अर्थसचिव हुँदा सहसचिव, उपसचिव, शाखा अधिकृत वा संस्थानका कर्मचारीका लागि आएको वैदेशिक भ्रमणको कोटा कब्जा गर्ने, सकेसम्म आफैं जाने, नभए आफू निकटलाई पठाउने काम गरेको आरोप लागेको थियो ।
त्यतिबेला विदेश भ्रमणको अस्वाभाविक मोहका सम्बन्धमा तत्कालीन मुख्यसचिव शंकरदास बैरागीले बोलाएर थर्काएको समेत उनका एक पूर्व सहकर्मीले बताए । 'कति विदेश मात्र जानु परेको हो ?' भनेर थर्काएका बैरागीले पुष्करको दक्षिण अफ्रिका भ्रमण नै रद्द गरिदिएको उनले स्मरण गरे ।
करको दर हेरफेरको विषय चर्चामा आउँदा पनि उनी तालिमका लागि भन्दै अस्ट्रिया पुगेका थिए, जबकि त्यहाँ कर प्रशासनसँग सम्बन्धित कर्मचारीलाई पठाउनुपर्ने थियो ।
त्यसपछि असोज अन्तिम साता विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले आयोजना गरेको कार्यक्रममा भाग लिन भन्दै मन्त्रालय नै रित्याएर अमेरिका जाने टोलीमा समेत पुष्कर थिए ।
गत मंसिर १४ गतेदेखि २६ गतेसम्म संयुक्त अरब इमिरेट्स (यूएई) मा आयोजना भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८)मा पनि पुष्कर छुटेनन् ।
उनीमाथि सञ्चयकोषका कर्मचारीको भ्रमण कोटासमेत कब्जा गरेको र निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीका लागि आउने अवसरमा पनि हालिमुहाली गरेको आरोप छ ।
विदेश भ्रमण मोहबारे राखिएको जिज्ञासामा पुष्करले विदेशमा देशको प्रतिनिधित्व गरेर जिम्मेवारी पूरा गरेको दाबी गरे ।
'राज्यले खटाएको काम गर्ने कि नगर्ने ?' प्रतिप्रश्न गर्दै उनले भने, 'वर्ल्ड बैंकको वार्षिक मीटिङमा जानैपर्यो । अरुण तेस्रो आयोजनासम्बन्धी मिटिङमा जानैपर्यो । करसँग सम्बन्धित विषयमा पनि गएकै हो । अलि अस्ति कोप-२८ मा प्रधानमन्त्रीसँग गएँ । त्यसबाहेक विदेश भ्रमणमा मेरो अतिरिक्त चासो छैन ।'
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...