२४ जेठ २०८३, आइतबार
जग्गा विवाद र बजेट अभावको चिन्ता

सूर्यविनायक-धुलिखेल सडक: वर्ष दिनमा १५ प्रतिशत प्रगति, कहिले सकिन्छ काम ? [भिडियो]

पुस २५, २०८०
काठमाडौं
सूर्यविनायक-धुलिखेल सडक: वर्ष दिनमा १५ प्रतिशत प्रगति, कहिले सकिन्छ काम ? [भिडियो]

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारले अपेक्षित गति लिन सकेको छैन ।

३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित गएको मंसिरमा शुरू भएको कामको भौतिक प्रगति जम्मा १५ प्रतिशत छ ।

सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेनमा विस्तार गर्ने गरी काम भइरहेको हो । दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित दुईवटा निर्माण कम्पनीलाई ठेक्का दिइएको छ ।

null

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको साँगासम्म ७.१ किलोमिटर सडकमा आशिष/मण्डन भगवती जेभीले जिम्मा पाएको छ ।

त्यस्तै, साँगादेखि धुलिखेलसम्म ८.४ किलोमिटर सडकको काम लामा कन्स्ट्रक्सनले गरिरहेको छ । कुल १५.५ किलोमिटर सडक खण्डका लागि ८ अर्ब ५३ करोड बजेट विनियोजन भएको छ ।

आयोजना प्रमुख रवीन्द्रलाल दास सडक विस्तारलाई निर्धारित समयमै सम्पन्न गर्न लागि परेको बताउँछन् ।

null

उनले ठेकेदारलाई दिने पैसा अभाव रहेको र स्थानीयले अदालतमा मुद्दा हालेकाले काममा कठिनाइ बढ्दै गएको बताए । 

‘बजेट अभाव नभए र जग्गाको विवाद मिले अबको २४ महिनाभित्र सूर्यविनायकदेखि बनेपासम्म ६ लेनको सडक हुनेछ ।’ 

हेर्नुहोस्, भिडियो :

थप तस्वीरहरू :

null

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्