×

NMB BANK
NIC ASIA

राम जन्मभूमि अयोध्यामा नेपाली आचार्यको नेतृत्वमा शुरू भयो प्राणप्रतिष्ठा महायज्ञ

काठमाडाैं | पुस २५, २०८०

NTC
Premier Steels

भारतको अयोध्यामा नवनिर्मित राममन्दिर उद्घाटनअघि भगवान् रामको मूर्ति प्राणप्रतिष्ठाका लागि महायज्ञ शुरू भएको छ ।

Muktinath Bank

मन्दिर उद्घाटनको दिन (२२ जनवरी)सम्मै चल्ने गरी बुधबार शुरू भएको 'शुक्ल यजुर्वेद स्वाहाकार तथा प्राणप्रतिष्ठा महायज्ञ'को नेतृत्व नेपाली आचार्य दुर्गाप्रसाद गौतमले गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

झापा घर भएका गौतम सन् २०२० देखि अयोध्यास्थित राम मन्दिरको मुख्य आचार्य छन् । राम जन्मभूमि अयोध्यामा सम्पूर्ण यज्ञ तथा अनुष्ठान गौतमकै नेतृत्वमा हुने गरेको छ ।

Vianet communication

भारतीय प्रधानमन्त्रीबाट राम मन्दिरको शिलान्यास र भूमि पूजन गराउने कार्यको नेतृत्व समेत उनैले गरेका थिए ।

null

अनुष्ठानमा भारतका विभिन्न प्रान्त र नेपालबाट समेत गरी १०१ जना आचार्य सहभागी छन् । 

null

अनुष्ठानमा झापाबाटै आचार्यहरू लीलाराम गौतम, दीपेन्द्र गौतम, हेम अधिकारी, मोरङबाट आचार्यहरू आचार्य शेखर ढुंगाना, टीकाराम रिजाल, अश्विनीकुमार शर्मा सहभागी छन् । यसैगरी श्रीराम भण्डारी (धादिङ हाल काठमाडौं), प्रदीपकुमार पाण्डेय (धादिङ), ध्रुवप्रसाद भट्टराई, मधुसुदन अर्याल, दीपक पौडेल र अरुण नेपाल (चितवन) लगायत पनि सहभागी छन् ।

null

मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ तारिखका दिन गर्नेछन् ।

को हुन् मुख्य आचार्य गौतम ?

राम मन्दिरका मुख्य आचार्य गौतम झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर– १ स्थायी बासिन्दा हुन् । 

पिता खड्गप्रसाद र माता पुण्यमायाका सुपुत्र गौतमले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् । अयोध्यास्थित श्रीराम वेद विद्यालयमा अध्यापन समेत गर्दै आएका गौतमले विद्यावारिधि समेत गरिरहेका छन् ।

null

सन् २००० देखि अयोध्या बस्दै आएका उनी सन् २०२० को अप्रिल १८ तारिखमा राम मन्दिरको मुख्य आचार्य बनेका थिए । सन् २०२० को अगष्ट ५ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन र मन्दिरको शिलान्यास गर्दा गौतमले नै आचार्यहरूको तर्फबाट नेतृत्व गरेका थिए ।

प्राणप्रतिष्ठा महायज्ञ:

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x