
भारतको अयोध्यामा नवनिर्मित राममन्दिर उद्घाटनअघि भगवान् रामको मूर्ति प्राणप्रतिष्ठाका लागि महायज्ञ शुरू भएको छ ।
मन्दिर उद्घाटनको दिन (२२ जनवरी)सम्मै चल्ने गरी बुधबार शुरू भएको 'शुक्ल यजुर्वेद स्वाहाकार तथा प्राणप्रतिष्ठा महायज्ञ'को नेतृत्व नेपाली आचार्य दुर्गाप्रसाद गौतमले गरिरहेका छन् ।

झापा घर भएका गौतम सन् २०२० देखि अयोध्यास्थित राम मन्दिरको मुख्य आचार्य छन् । राम जन्मभूमि अयोध्यामा सम्पूर्ण यज्ञ तथा अनुष्ठान गौतमकै नेतृत्वमा हुने गरेको छ ।
भारतीय प्रधानमन्त्रीबाट राम मन्दिरको शिलान्यास र भूमि पूजन गराउने कार्यको नेतृत्व समेत उनैले गरेका थिए ।

अनुष्ठानमा भारतका विभिन्न प्रान्त र नेपालबाट समेत गरी १०१ जना आचार्य सहभागी छन् ।

अनुष्ठानमा झापाबाटै आचार्यहरू लीलाराम गौतम, दीपेन्द्र गौतम, हेम अधिकारी, मोरङबाट आचार्यहरू आचार्य शेखर ढुंगाना, टीकाराम रिजाल, अश्विनीकुमार शर्मा सहभागी छन् । यसैगरी श्रीराम भण्डारी (धादिङ हाल काठमाडौं), प्रदीपकुमार पाण्डेय (धादिङ), ध्रुवप्रसाद भट्टराई, मधुसुदन अर्याल, दीपक पौडेल र अरुण नेपाल (चितवन) लगायत पनि सहभागी छन् ।

मन्दिरको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी २२ तारिखका दिन गर्नेछन् ।
को हुन् मुख्य आचार्य गौतम ?
राम मन्दिरका मुख्य आचार्य गौतम झापाको मेचीनगर नगरपालिकाका वडा नम्बर– १ स्थायी बासिन्दा हुन् ।
पिता खड्गप्रसाद र माता पुण्यमायाका सुपुत्र गौतमले वाराणसीको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट वेद विषयमा आचार्य गरेका छन् । अयोध्यास्थित श्रीराम वेद विद्यालयमा अध्यापन समेत गर्दै आएका गौतमले विद्यावारिधि समेत गरिरहेका छन् ।

सन् २००० देखि अयोध्या बस्दै आएका उनी सन् २०२० को अप्रिल १८ तारिखमा राम मन्दिरको मुख्य आचार्य बनेका थिए । सन् २०२० को अगष्ट ५ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन र मन्दिरको शिलान्यास गर्दा गौतमले नै आचार्यहरूको तर्फबाट नेतृत्व गरेका थिए ।
प्राणप्रतिष्ठा महायज्ञ: