२७ जेठ २०८३, बुधबार
बम्जनविरुद्ध सुनुवाइ शुरू

बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो, न्यायाधीश विष्णु रेग्मीको इजलासमा मुद्दाको सुनुवाइ हुँदै

पुस २६, २०८०
काठमाडौं
बम्जनलाई सर्लाही अदालतमा उपस्थित गराइयो, न्यायाधीश विष्णु रेग्मीको इजलासमा मुद्दाको सुनुवाइ हुँदै

हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराइएको छ । जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा पेस गरिएको हो । 

अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ शुरू भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । 

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार काठमाडौंको बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार उनको निवास निकै आलिसान थियो । निवासमा भीआईपीले प्रयोग गर्ने अधिकांश सुविधा उपलब्ध रहेको प्रहरीले बताएको छ ।

उनको निवासबाट ३ करोड ३ लाख नेपाली रुपैयाँ तथा १७ देशको ३० लाख बराबरको मुद्रा समेत बरामद भएको थियो । 

आश्रममा बसेका आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा उनी प्रहरीको खोजी सूचीमा थिए । 

बम्जनविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा छ ।

सीआईबीले पछिल्लो समय बम्जनको आश्रममा २०७७ साल पुस महिनामा पनि अपरेसन चलाएको थियो । तर, त्यतिबेला बम्जन पक्राउ परेनन् ।


 

salt training

कमेन्ट गर्नुहोस्