२९ असार २०८३, सोमबार

शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित​​​​

पुस २७, २०८०
काठमाडौं
शिवम् सिमेन्टको वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित​​​​

शिवम् सिमेन्ट लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारण सभाबाट आर्थिक वर्ष (आव) २०७९/०८० सम्मको संचित मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

आव २०७९/०८० सम्मको संचित मुनाफाबाट (शेयर प्रिमियम बापतको रकम यथावत रुपमा कम्पनीमा नै संचित राखी) अन्य संचित रकमबाट शेयरधनीलाई चुक्ता पूँजी रु ४ अर्ब ४० करोडको १४.२५ प्रतिशतका दरले रु. ६२ करोड ७० लाख बराबरको बोनस शेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) रु. ३ करोड ३० लाख नगद लाभांससहित आफ्ना शेयरवालाहरूलाई कुल जम्मा १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

null

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्व र जारी तथा चुक्ता पुँजी रु. ४ अर्ब ४० करोड रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस शेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पुँजीमा बृद्धि भई ५ अर्ब २ करोड ७० लाख कायम हुनेछ ।

यही पुस २७ गते शुक्रवार राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा आयोजित आठौं वार्षिक साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्