२७ जेठ २०८३, बुधबार

सुविन र रिहानालाई योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको उपाधि [फोटो/भिडियो]

पुस २९, २०८०
काठमाडौं
सुविन र रिहानालाई योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप ब्याडमिन्टनको उपाधि [फोटो/भिडियो]

दोस्रो योनेक्स सनराइज इनास सब-जुनियर च्यालेन्ज कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता– २०८० मा यू-१५  पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुविन श्रेष्ठ र महिलातर्फ रिहाना शेरचनले उपाधि हात पारेका छन् ।

सुविनले राजधानीमा आइतबार सम्पन्न फाइनल खेलमा आर्मीकै सुदेश राजकोटीलाई २१—१५, २१—१० ले र रिहानाले मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईलाई २१—१२, २१—१० ले पराजित गर्दै उपाधि उचालेका हुन् । विजयी खेलाडीहरूले नगद १० हजार, मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे । उपविजेता खेलाडीहरूले मेडल प्रमाण पत्र र ट्रफीका साथ नगद ५ हजार प्राप्त गरे ।

तेस्रो स्थानमा पुरुष तर्फ कैलालीका शिषिर राना र धन्यन्तरीका सत्यम कार्की रहे । महिला तर्फ दीपक ब्याडमिन्टन एकेडेमीका अश्मिता खत्री र आइबिएससीका टिशा रानी शाक्य रहे ।

विजयी खेलाडीहरूले नगद २५ सय र मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरे । नेपालमा योनेक्सको आधिकारीक विक्रेता इनास इन्टरप्राईजेजको आयोजनामा भएको प्रतियोगिताको यु १३ तर्फ पुरुषमा आर्मीका सुदेश राजकोटी र महिला तर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनका निभा राईले उपाधि सहित नगद १० हजार प्राप्त गरे ।

सुदेशले स्पोर्टस् हवका सदीप राईलाई २१—१६, २१—१३ ले र निभाले कास्कीकी रक्षा फागमीलाई २१—१९, २१—१२ ले पराजित गरेका हुन् । दोस्रो स्थानमा रहेका खेलाडीहरूले नगद ५ हजार मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । तेस्रो स्थानमा पुरुष तर्फ तनहुँका सफल भुजेल र एपिएफका आरुष सिमखडा र महिला तर्फ आर्मीकी समृद्धि श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता खत्री रहे । खेलाडीहरूले नगद २५ सयका साथ मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यस्तै यु ११ तर्फ कास्कीका सक्षम गुरुङले कपिलवस्तुका विराट बस्नेतलाई २३—२१, २१—१० ले पराजित गर्दै उपाधि सहित नगद १० हजार मेडल र प्रमाण पत्र प्राप्त गरे । उपविजेता खेलाडी बस्नेतले नगद ५ हजार प्राप्त गरे । तेस्रो स्थनमा रहेका आर्मीका दीप थिङ्ग र महाबौद्ध क्लबका आरभ शाक्य रहे । तेस्रो हुने खेलाडीहरूले नगद २५ सय सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई बागमती प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, राखेप पूर्व बोर्ड सदस्य सुभाष श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डे, नेपाल एपिएफ क्लबका एस.पी. सुधिर सुवेदी, ब्याडमिन्टन प्रशिक्षक किरण थापा, बागमती प्रदेश ब्याडमिन्टन संघका संयोजक रुद्र थिङ्ग, समाजसेवी नारायण सापकोटा, लोकान्तर डट. कमका सम्पादक बिमल गौतम लगायतले पुरस्कार वितरण गरेका थिए ।

यस्तै ईनासका प्रोपाईटर राजु बास्तोलाले खेलाडीहरुलाई योनेक्सको विभिन्न सामग्री जस्तै ¥याकेट, ब्याग, टिसर्ट र खेल सामाग्री प्रदान गरेका थिए ।
प्रतियोगिताको ब्राण्डिङ्ग र ब्यवस्थापन खेतान स्पोर्टस् फाउन्डेशनले गरको थियो । फाउन्डेशनले बच्चाहरुलाई ध्यानमा राखेर कार्टुनमा ब्रान्डिङ गरेको थियो । यसैगरी प्रतियोगिताको मिडिया पार्टनर लोकान्तर डटकम रहेको थियो । 

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्