
त्रिभुवन विश्व विद्यालयले दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पीएचडी) तहमा भर्ना खुला गरेको छ । इच्छुक उम्मेदवारले सोमबारदेखि माघ २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २२ देखि २४ गतेसम्म अनलाइन आवेदन दिन सक्ने त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायले जारी गरेको सूचनामा उल्लेख छ ।
