१० साउन २०८३, आइतबार

एकसाथ देखिन छाडे पल र दुर्गेश

माघ ३, २०८०
काठमाडौं
एकसाथ देखिन छाडे पल र दुर्गेश

मोडल पल शाह र दुर्गेश थापा कुनै समय निकै निकट थिए । कार्यक्रममा सँगसँगै पुग्ने उनीहरूले थुप्रै म्युजिक भिडियोमा सहकार्य गरे । 

मिडियामा अन्तर्वार्ताका क्रममा यी दुईले आफूहरू दाजुभाइ भएको बताउँथे ।

यद्यपि, एक समय प्रायः सँगसँगै देखिने​ उनीहरूलाई दर्शकले पछिल्लो समय भने एकसाथ देख्न छाडेका छन् । म्युजिक भिडियोमा पनि उनीहरूले पछिल्लो समय सहकार्य गरेका छैनन् ।​ बुझिएअनुसार, उनीहरूबीच केही समययता सम्बन्ध चिसिएको छ । 

दुर्गेश अहिले मेला महोत्सवमा व्यस्त छन् । पल शाह पनि महोत्सवमा पुगिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्