×

NMB BANK
NIC ASIA

म्याग्दीमा अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक, नगद पुरस्कारसहित सम्मानित

म्याग्दी | माघ ३, २०८०

NTC
Premier Steels

म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनोट गरेका छन् ।

Muktinath Bank

भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनोट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष मणिराम थनेत, उमादेवी कँडेल, भीमप्रसाद पौडेल र कुलराज आचार्यलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः नगद रू २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कृत गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा (खम्बिर), धवलागिरि–७ का वडाध्यक्ष अशोक खत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरकुमारी बुढाथोकी र टीकामाया स्मृति कोषका संरक्षक राम गुरुङले पुरस्कार वितरण गरेका हुन् ।

Vianet communication

शिक्षकलाई सृजनशील बनाउन कोषले गत वर्षदेखि अभिभावक र विद्यार्थीबाट उत्कृष्ट शिक्षक छानेर पुरस्कृत गर्दै आएको विद्यालयका प्रअ शेरबहादुर केसीले बताए ।

‘कोषले घरदैलो, अभिभावक र विद्यार्थीको भेलाबाट उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न थालेपछि शिक्षक सृजनशील बन्नुभएको छ’, उनले भने, ‘कोषबाट तह र विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।’

उत्कृष्ट छनोट भएका शिक्षकले यस वर्ष विद्यालयमा बगैंचा स्थापना, भित्ते पत्रिका प्रकाशन, अतिरिक्त क्रियाकलाप र खेलकुदमा योगदान गरेको कोषका संस्थापक गुरुङले बताए ।

गत वर्षको परीक्षामा उत्कृष्ट जिपीएका आधारमा कक्षा १ देखि ५ तर्फबाट कक्षा २ का सायु घर्ती, ६ देखि ८ तर्फबाट कक्षा ८ का अन्जान घर्ती र कक्षा १० की सन्ध्या सुनारलाई जनही रू पाँच हजार नगदसहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको प्रअ केसीले जानकारी दिए ।

हेम मावि कक्षा ११ मा भर्ना हुने विद्यार्थीमध्ये उत्कृष्ट जीपीएका आधारमा छात्रातर्फ सुस्मिता थापा र छात्रतर्फ भेजिन्द्र सुनारलाई नगद रू १० हजार पाँच सयसहित प्रमाणपत्र प्रदान गरिएको छ । हाल अमेरिकामा होटल व्यवसाय गर्ने गुरुङले दिवङ्गत आमा टीकामायाको स्मृतिमा गत वर्ष रू दुई लाख ५० हजारको अक्षयकोष स्थापना गरेका हुन् ।

यस वर्ष रू पाँच लाख पुगेको अक्षयकोषको मूलधन बढाएर रू १० लाख पुर्‍याउने लक्ष्य रहेको गुरुङले बताए ।

ब्याजबाट उत्कृष्ट शिक्षक र विद्यार्थीलाई पुरस्कृत गरिने उनको जानकारी दिए । कक्षा १२ सम्मको पठनपाठन हुने विद्यालयमा हाल तीन सय छ जना विद्यार्थी छन् । घर टाढा र पारिवारिक समस्या भएका ३० विद्यार्थीलाई निःशुल्क छात्रावासको सुविधा दिइएको छ । विद्यालयमा १९ जना शिक्षक कार्यरत छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x