कात्तिक १६, २०८०
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
रुपन्देहीको तिलोत्तमामा आधुनिक सुविधासहित ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । महिला, बालबालिका तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको हो ।
२५ जना शेयर सदस्य रहेको अस्पतालको अध्यक्ष, मेडिकल सुपरीटेन्डन र प्रबन्धन निर्देशकसहित २१ जना समाजमा पहिचान बनाएका महिलाहरू छन् ।
शनिवार आयोजित पत्रकार सम्मेलनमा अस्पतालका प्रबन्ध निर्देशक कमला हमालले १० करोड रूपैयाँको लगानीमा अस्पतालले सबै सुविधासहित सेवा सञ्चालन गरेको बताइन् ।
‘विशेष गरेर तिलोत्तमावासी महिला र बालबालिकाहरू बुटवल र भैरहवा पुग्नुपर्ने बाध्यता हटाउने अस्पतालको उद्देश्य हो’, हमालले भनिन्, ‘नगरपालिबाट स्वीकृति लिए अस्पताल बनेको हो । हामीले तिलोत्तमाबासीलाई एम्बुलेन्स निःशुल्क व्यवस्था गरेका छौं । अस्पताल दक्ष र विशेषज्ञ सहितको चिकित्सकहरूले सेवा प्रदान गर्नुहुन्छ ।’
अस्पतालमा प्रसूतिसम्बन्धी सम्पूर्ण सेवा, खोप, एनआईसीयू, २४ सै घण्टा इमर्जेन्सी सेवा, अपरेसन सेवा, इमर्जेन्सी सेवा, ल्याब, जनरल बेड, क्याबिन सञ्चालनमा छन् । अस्पतालले छिट्टै आईसीयू सेवा पनि सञ्चालनको तयारीमा रहेको अध्यक्ष शारदा तिवारीले जानकारी दिइन् ।
अस्पतालमा वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञहरू प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, डा. विष्णु गौतम, डा. अनुपा थापा र डा.दृष्टि पौडेल रहेका छन । त्यस्तै बारिष्ठ बाल रोग विशेषज्ञ तथा सर्जन डा. गोपाल गुप्ता, बाल रोग विशेषज्ञ डा. किरण सुवेदी, डा. सुन्दर न्यौपाने, डा. अनिल खनाल र वरिष्ठ रेडियोलोजिष्ट डा. विजय घिमिरेले सेवा प्रदान गर्नेछन् । अस्पतालका मेसु डा. शर्मिला शर्माले अस्पतालले नेपाल सरकारले निर्धारण गरेका सम्पूर्ण मापदण्ड पूरा गरेर सञ्चालमा आएको बताउँदै छिट्टै आमा सुरक्षा कार्यक्रम पनि सञ्चालनमा ल्याउने तयारीमा आफूहरू जुटेको बताइन् । केही समय अघिदेखि सेवा दिँदै आएको अस्पतालमा अहिलेसम्म १ हजार ७०० विरामीले सेवा लिइसकेका छन् ।
अस्पतालका सचिव उमा अर्यालले प्राइभेट अस्पताल भए पनि नाफामात्र नभई सेवामा भावका साथ अघि बढेको बताइन् । अस्पताललाई छिट्टै १०० शय्या सम्म सञ्चालन गर्ने सञ्चालकको लक्ष्य रहेको छ । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल पछिको ओम अस्पताल यस क्षेत्रको अर्को महिला र बाल अस्पताल बनेको हो ।
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...