
लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ ।
एफ वान सफ्टअन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा शुरू गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।
ओरेन्जएनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दति खाता, गोल बेस डिपोजिटजस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधा प्रदान गर्नेछ । ‘ग्राहकको बदलिँदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ,’ बैंकले बिहीवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्स एनएक्सटी कोशेढुंगा साबित हुन सक्ने विश्वास लिइएको लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बताए । उनका अनुसार परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्स एनएक्सटीमार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।
ओरेन्स एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलले छिटो र प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको बताए ।
‘परिकल्पनात्मक सोचबाट प्रेरित यस ओरेन्स एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरूका अपेक्षा पूरा गर्ने विश्वास लिएका छौँ,’ उनले भने ।