३२ असार २०८३, बिहीबार

अभिनेता गौरव पहारीले प्रेमिका श्रेणीसँग कसे लगनगाँठो

माघ २१, २०८०
काठमाडौं
अभिनेता गौरव पहारीले प्रेमिका श्रेणीसँग कसे लगनगाँठो
तस्वीर : अभिनेत्री श्वेता खड्काको फेसबुकबाट

अभिनेता गौरव पहारीले लगनगाँठो कसेका छन् । आइतबार काठमाडौंको एक पाँचतारे होटलमा उनले प्रेमिका श्रेणी खतिवडासँग विवाह गरेका हुन् । 

विवाह समारोहमा दुवैका परिवार, आफन्त र केही सेलिब्रेटीहरूको उपस्थिति छ । 

यी दुईले गत असोजमा इन्गेजमेन्ट गरेका थिए । श्रेणी पेशाले जुम्बा (नृत्यका माध्यमबाट गरिने फिटनेस) प्रशिक्षक हुन् । पुराना अभिनेता टिका पहारीका छोरा गौरवले ‘मञ्जरी’बाट अभिनय यात्रा सुरु गरेका थिए । 

‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘साइँली’, ‘छक्का पञ्जा २’का फिल्ममा अभिनय गरेका उनलाई गायक हेमन्त रानाको गीत ‘साइँली’ले ठूलो लोकप्रियता दिलाएको थियो । गौरवको ‘नम्बरी सुन’ लगायतका फिल्म प्रदर्शनको तयारीमा छन् । 

गौरव र श्रेणीलाई फिल्म क्षेत्रका थुप्रैले बधाईसहित शुभकामना दिइरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्