२० असार २०८३, शनिबार

दूरसञ्चार कम्पनीको वार्षिकोत्सव : २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी सम्मानित

माघ २२, २०८०
काठमाडौं
दूरसञ्चार कम्पनीको वार्षिकोत्सव : २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारी सम्मानित

नेपाल टेलिकमले २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेको छ ।

स्थापनाको २०औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीको अध्यक्षता सोमवार सम्पन्न कार्यक्रममा सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरू र एमपोस बिक्रेता तथा कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजस्व बुझाउने सेवाग्राहीहरूलाई सम्मान गरिएको थियो ।

null

यस्तै, गत वर्षको अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविकको भन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्ने कम्पनीले जनाएको छ ।

नयाँ ग्राहक एवं अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्‍याइएको कम्बो प्याकेज खरिद गर्न सकिने टेलिकमकले जनाएको छ । ​

त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्