०३ साउन २०८३, आइतबार

'ओमोडा ई ५' गाडी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?​​​​

माघ २३, २०८०
काठमाडौं
'ओमोडा ई ५' गाडी नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ?​​​​

विद्युतीय सवारी साधनको माध्यमबाट दिगो विकासमा सहयोग पुर्‍याउने प्रतिबद्धतालाई निरन्तरता दिँदै एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा ई ५ गाडी नेपालमा सार्वजनिक गरेको छ ।

यसमा ६१ किलोवाट प्रतिआवरको ऊर्जा क्षमता भएको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री जडान गरिएको छ । जसले ४३० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ ।​​

ओमोडा ई ५ गाडी फ्रन्ट - माउन्टेड इलेक्ट्रिक मोटर र ३४० न्युटनमिटर टर्कद्वारा सञ्चालित हुन्छ ।

५९,४९,००० रुपैयाँको प्रारम्भिक मूल्यमा सार्वजनिक गरिएको ओमोडा ई ५ अत्याधुनिक सुविधाले सुसज्जित रहेको छ ।​

एलइडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च एलोय ह्विल, कालो, नीलो र सेतो टोनको छालाको सिट र २४।६ इन्चको डुअल स्क्रिनजस्ता विशेषताहरूद्वारा यो गाडी सुविधासम्पन्न रहेको छ ।

यसमा विभिन्न उन्नत ड्राइभर असिस्टेन्स सिस्टम एडीएएस सुविधा पनि रहेको छ । जसमध्ये लेन डिपार्चर वार्निङ र प्रिभेन्सन्, ब्लाइन्ड स्पट डिटेक्सन, इमर्जेन्सी लेन किपिङ, रियर क्रस ट्राफिक एलर्ट, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ र अटोनोमस इमरजेन्सि ब्रेकिङ, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल तथा १७ वटाभन्दा बढी अन्य एडीएएस सुरक्षा सुविधाहरू पर्दछन् ।

null

यसको बाहिरी एक्स्टेरियरमा, X - आकारको फ्रन्ट फेस र डायनामिक फास्टब्याक आकार, स्ट्यान्डर्ड मेट्रिक्स टेललाइट, T - आकारको डेटाइम रनिङ हेडलाइटसहित अत्याधुनिक र मनमोहक डिजाइनद्वारा सुसज्जित रहेको छ ।

भित्र इन्टेरियरमा, २५६ रङको एम्बियन्ट लाइट, सोनीको प्रिमियम ८ स्पिकर सहितको क्रोम डोर ह्यान्डल, इलेक्ट्रिक सनरूफ, ५० वाटको वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिटहरू,  ६ वटा एयरब्यागजस्ता सुविधा पाइन्छ, जसले प्रयोगकर्ताहरूलाई सहज, आरामदायी र समृद्ध यात्रा अनुभव प्रदान गर्दछ । यसको अर्को आकर्षण, २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।​

एसपीजी अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो ।

salt training

कमेन्ट गर्नुहोस्