३१ जेठ २०८३, आइतबार

पाँच विद्यालयलाई नमुना विद्यालय बनाउन सम्झौता

माघ २४, २०८०
कैलाली
पाँच विद्यालयलाई नमुना विद्यालय बनाउन सम्झौता

धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित पाँचवटा विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न आज सम्झौता गरिएको छ । नमुना विद्यालय निर्माण र गुणस्तर शिक्षा सुधारका लागि  ‘टिच फर नेपाल’ नामक संस्था र धनगढी उपमहानगरपालिकाबीच सम्झौता भएको हो । 

विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्न टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) स्वस्तिका श्रेष्ठ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले  सम्झौतापत्रमा हस्ताक्षर गरे । उपमहानगरपालिकाभित्रका ठेकराज माध्यामिक विद्यालय, सिद्धनाथ माध्यामिक विद्यालय, चन्द्रोदय माध्यामिक विद्यालय, बेहडाबाबा माध्यामिक विद्यालय र भवानी माध्यामिक विद्यालयमा उक्त कार्यक्रम लागु गरिने नगरप्रमुख गोपाल हमालले जानकारी दिए । 

त्यसैबीच, धनगढी उपमहानगरपालिकाले उपमहानगरका हरेक वडामा महिनाको एकपटक निःशुल्क ‘विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक’ सञ्चालन गर्दै आएको छ । आर्थिक अभावले उपचार गर्न नसक्ने गरिब तथा विपन्न नागरिकलाई घरदैलोमा पुगेर निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यले “विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक” सञ्चालन गर्दै आएको हो ।
 धनगढी उपमहानगरपालिका– ४ स्थित आधारभूत स्वास्थ्य क्लिनिकमा फिजिसियन, स्त्री तथा प्रसूति र आँखासम्बन्धी बिरामीले सेवा लिएका  छन् । जसमा नयाँ र पुरानो गरी जम्मा एक सय १६ जनाले सेवा लिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्