०८ साउन २०८३, शुक्रबार
सार्वजनिक जग्गा व्यक्तिका नाममा पारेको प्रकरण

टीकापुर जग्गा घोटालाः अधिकृतसहित ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, खरिदारसँग डेढ करोड जरिवाना माग

माघ २५, २०८०
काठमाडौं
टीकापुर जग्गा घोटालाः अधिकृतसहित ६ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा, खरिदारसँग डेढ करोड जरिवाना माग
सांकेतिक तस्वीर ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको टीकापुर नगर विकास जमितिको जग्गा घोटाला प्रकरणमा २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगर विकास समितिका तत्कालीन अध्यक्ष  लगायतका पदाधिकारीविरुद्ध बिहीवार अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

भ्रष्टाचार आरोप लाग्नेमा नापी र मालपोत अधिकृतसहित ६ जना कर्मचारी छन् । उनीहरूमाथि पदाधिकारीसँगको  मिलेमतोमा नक्कली रसिद बनाइ विकास समितिका प्लट घडेरी आफन्तको नाममा सारेको आरोप लगाइएको छ । तत्कालीन नापी अधिकृत मानबहादुर चन्दविरुद्ध एक करोड ९० लाख ३२ हजार १३६ रुपैयाँ जरिवाना र कैद माग गरिएको छ । 

यस्तै तत्कालीन नापी अधिकृत गणेशबहादुर बमविरुद्ध  ४२ लाख ३४ हजार ९०५ रुपैया जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन मालपोत कार्यालय यसैगरी कैलालीका तत्कालीन मालपोत अधिकृत जयबहादुर विष्टविरुद्ध एक करोड ६८ लाख ३५ हजार ५८८ रुपैयाँ र जतिवाना माग गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ । 

विकास समितिका तत्कालीन खरिदार धनीराम भण्डारीविरुद्ध एक करोड ८६ लाख ५४ हजार ४५३ रुपैयाँ जरिवाना र कैद मागदाबी गरिएको छ । सब–ओभरसियर नेत्रबहादुर रावलसँग एक करोड ७९ लाख १२ हजार ४८१ रुपैयाँ जरिवाना र कैद मागदाबी गरिएको छ । 

यसैगरी फिल्ड सुपरभाइजर देवीलाल घिमिरेलाई २१ लाख ११ हजार १५९ रुपैयाँ जरिवाना र मागदाबी गरिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्