
साइमेक्स इंक प्रालिले ‘बीवाईडी चाइनिज न्यु इयर कप’ नेपाल–चाइना फ्रेन्डसिप फुटबल खेलको प्रयोजन गर्ने भएको छ ।
चिनियाँ राजदूतावास, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित सो प्रतियोगिता शनिवार दशरथ रंगशालामा हुँदैछ ।
स्प्रिङ फेस्टिभल अर्थात वसन्त पर्वसमेत भनिने चाइनिज न्यु इयरले विश्वव्यापी रुपमा गहिरो सांस्कृतिक महत्व राख्ने जनाइएको छ ।
जसले पारिवारिक पुनर्मिलन, पुरानोबाट नयाँमा पदार्पण र नयाँ शुरूवाततर्फको यात्रा दर्साउने गर्छ ।
साइमेक्स इंक बीवाईडी अटो इन्डष्ट्री कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो ।
उक्त प्रतियोगिताले दुई देशबीचको गहिरो सम्बन्धलाई अझै बलियो बनाउन भूमिका खेल्ने कम्पनीले जनाएको छ ।