
टिकटकबाट उदाएकी मोडल पवित्रा साँकी (मिस पबि) पछिल्लो समय थप चर्चामा छिन् ।
उनले गायिका एलिना चौहानका पूर्वप्रेमी विष्णु सापकोटासँग बनाएका भिडियोलाई लिएर चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा यी दुई ‘रिलेशनसिप’मा रहेको भनेर समेत चर्चा भइरहेको देखिन्छ । यस्तोमा हाल अस्ट्रेलियाको सिड्नीमा रहेकी मिस पबिले उक्त चर्चाको खण्डन गरेकी छन् ।
एउटा व्यवसायको प्रवर्द्धनको भिडियो बनाउने क्रममा आफूहरूको भेट भएको मिस पबिले बताएकी छन् । ‘म आफ्नो बुवालाई भेट्न र सोही सिलसिलामा एउटा फिल्म सुटिङको लागि आजभोली अस्ट्रेलियाको सिड्नी सहरमा छु । यसकै सिलसिलामा विष्णु सापकोटा लगायतको टिमसंग भेट भएको थियो’ मिस पबिले फेसबुकमा लेखेकी छन् ‘उनीहरू एउटा विजनेश प्रमोसनको भिडियो बनाउनका लागि त्यहाँ मलाई बोलाइएको र सोही सिलसिलामा खिचिएको भिडियोलाई लिएर नेपाली मिडियाहरूले झूट र भ्रामक समाचार प्रकाशन÷प्रसारण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले व्यक्तिगत चरित्रमाथि आँच आउने काम नगर्न समेत अनुरोध गरेकी छन् ।