३० असार २०८३, मंगलबार

बालकृष्ण शिवाकोटी मेमोरियल कविता प्रतियोगितामा सदासय गौतम प्रथम

फागुन ३, २०८०
काठमाडौं
बालकृष्ण शिवाकोटी मेमोरियल कविता प्रतियोगितामा सदासय गौतम प्रथम

बालकृष्ण शिवाकोटी मेमोरियल फाउन्डेसनले आयोजना गरेको काठमाडौं उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय कविता लेखन तथा वाचन प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई पुरस्कार प्रदान गरेको छ ।

प्रतियोगितामा वेद विद्याश्रम माविका सदासय गौतम प्रथम भएका छन् । यसैगरी सरस्वती माविकी अदिती तिमिल्सिना द्वितीय र इष्टपोल स्कुलकी प्रियमशा कार्की तृतीय भएका छन् ।

त्यसैगरी आर्याभा निरौला, महादेव पाण्डेय र दृस्टि सत्यालले सात्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रथम, द्वितीय र तृतीय हुनुलाई २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्ने प्रतियोगीहरूलाई प्रमाणपत्रसहित एक हजार रुपैयाँ प्रदान गरिएको थियो ।

वरिष्ठ कवि प्रह्लाद पोख्रेलको प्रमुख आतिथ्यता तथा फाउन्डेसनका अध्यक्ष शान्ता शिवाकोटीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा उपत्यकाभित्रका ४४ जना विद्यार्थी सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्