
काठमाडौं, २२ भदौ – सुगम संगीत गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिम्ले नै भन्थ्यौ’ बोलको गीति भिडियोमा नन्दिता केसी र राघव आचार्यले अभिनय गरेका छन् ।
बाबुराम बोहराको शब्द र एकनारायण भण्डारीको संगीत रहेको गीतको भिडियोलाई शिव बिकले छायांकन तथा निर्देशन गरेका हुन् ।