×

NMB BANK
NIC ASIA

कार्यसम्पादन मूल्यांकनमा लुम्बिनीका २ पालिका र प्रादेशिक अस्पताल उत्कृष्ट

बुटवल | फागुन १०, २०८०

NTC
Premier Steels

आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेशका तीन वटा सरकारी निकाय अब्बल देखिएका छन् । लुम्बिनीका एक नगरपालिका, एक गाउँपालिका र लुम्बिनी प्रादेशिक अस्पताल कार्यसम्पादन मूल्यांकनमा प्रथम भएका हुन् ।

Muktinath Bank

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजामा नगरपालिकातर्फ अर्घाखाँचीको सन्धीखर्क, गाउँपालिकातर्फ गुल्मीको मालिका प्रथम भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तैगरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्यांनमा प्रथम भएको छ । 


Advertisment
Nabil box
Kumari

देशभरका ७७३ स्थानीय तहमध्ये सन्धीखर्क नगरपालिका उत्कृष्ट भएको छ । जिल्ला सदरमुकाम रहेको सन्धीखर्क ६१.८१ अंक प्राप्त गरी देशकै पहिलो बनेको हो । सन्धिखर्क नगरपालिकाको मेयर कृष्णकुमार श्रेष्ठ र उपमेयर मिश्रा आचार्य छन् । दुवै नेकपा एमालेबाट निर्वाचित हुन् । 

Vianet communication

त्यस्तै गाउँपालिकातर्फ गुल्मीको मालिका पहिलो भएको छ । देशभरका स्थानीय तहमध्ये तेस्रो र गाउँपालिकातर्फ ५५.४५ अंकसहित प्रथम भएको हो । मालिका गाउँपालिकाको अध्यक्ष देवीराम अर्याल र उपाध्यक्ष उपेन्द्र अर्याल छन् । 

मालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसबाट निर्वाचित हुन् । ‘देशभरका सबैलाई उछिनेर उत्कृष्ट भएपछि हामी खुसी छौं,’ मेयर श्रेष्ठले लोकान्तरसँग भने, ‘यो सफलता सबै जनप्रतिनिधि, कर्मचारी, जनताको साझा प्रयासबाट प्राप्त भएको हो । यसलाई निरन्तरता दिन हामी योजनाका साथ काम गर्छौं । हामीसँग ठूला योजना पनि छैनन् । बजेट पनि फ्रिज हुन नदिने गरी काम गर्छौं ।’

देशभरका स्थानीय तहमध्ये चितवनको भरतपुर महानगरपालिका ५६.२९ प्रतिशत अंकसहित दोस्रो स्थानमा छ । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि–२०७८ अनुसार १७ वटा सूचकका आधारमा वित्त आयोगले मूल्यांकन गर्ने गर्छ । 

जसमा असार १० भित्र बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पारित गरे/नगरेको, आय/व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरे/नगरेको, बजेटको वार्षिक समीक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, विनियोजित रकमअनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) को प्रयोग गरे/नगरेको जस्ता सूचकका आधार मूल्यांकन गरिन्छ ।  

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि–२०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूल्यांकनगरी अंक प्रदान गरिएको र प्राप्त अंकमा चित्त नबुझे ७ दिनभित्र निवेदन दिन भनिएको छ । कुनै स्थानीय तहको तथ्यांक गलत भएको भए एक साताभित्र समीक्षा गरी अन्तिम नतिजा सार्वजनिक गरिने आयोगका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा  नेपालमै प्रथम भएको छ । गत वर्ष ८० प्रतिशत अंक पाएको अस्पतालले यसपटक ८८ प्रतिशत अंकसहित पहिलो भएको हो । 

११४ वर्ष पुरानो अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश र निक साइमन्स इन्सिच्यूटले संयूक्त रूपमा गरेको मूल्यांकन गरेका थिए । ‘सेकेण्डरी बी लेभल’ अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालयले न्यूनतम सेवा मापदण्ड मूल्यांकन समितिले जनाएको छ । 

अघिल्लो वर्ष ८८ प्रतिशत अंक प्राप्तगरी पहिलो बनेको प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन (मेसु) डा. सुदर्शन थापाले जानकारी दिए । 

अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन नतिजाले प्रोत्साहन बढाएको मेसु थापाको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x