१० साउन २०८३, आइतबार

बीवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना : ११ जनालाई जर्मनीमा हुने खेलहरू हेर्ने मौका

फागुन १४, २०८०
काठमाडौं
बीवाईडीले ल्यायो ‘नेपाली अब यूरो कपमा’ योजना : ११ जनालाई जर्मनीमा हुने खेलहरू हेर्ने मौका

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले ‘नेपाली अब यूरो कपमा’ योजना ल्याएको छ ।​

यस योजनाअन्तर्गत फुटबलप्रेमी नेपालीहरूले जर्मनीमा हुने ‘यूईएफए यूरो २०२४’लाइभ हेर्न पाउने छन् ।

कम्पनीका अनुसार विश्वको प्रमुख न्यू इनर्जी भेहिकल (एनईभी–ईभी) निर्माता बीवाईडी यूईएफए (युनियन अफ युरोपियन फुटबल एसोसियसन) युरोपियन फुटबल च्याम्पियनसिप २०२४ को आधिकारिक ईमोबिलिटी पार्टनर बनेको छ ।​​​​​​

null

बीवाईडीले इतिहासमै पहिलोपटक यूईएफएसँग साझेदारी गरेको हो ।​​

यूईएफए यूरो २०२४ का खेलहरू १४ जुनदेखि १४ जुलाईसम्म जर्मनीका विभिन्न फुटबल मैदानमा हुँदैछन् ।​

११ जना ‘लक्की’ ग्राहकले मैदानमै पुगेर खेल हेर्न सक्ने साइमेक्स इंकले ​जनाएको छ ।

null

 

salt training

कमेन्ट गर्नुहोस्