०२ साउन २०८३, शनिबार

बीवाईडीको सुपरकार ‘याङवाङ यू नाइन’ सार्वजनिक, कति पर्छ मूल्य ?​​

फागुन १६, २०८०
काठमाडौं
बीवाईडीको सुपरकार ‘याङवाङ यू नाइन’ सार्वजनिक, कति पर्छ मूल्य ?​​

बीवाईडीको उच्च श्रेणीको ब्राण्ड याङवाङले आफ्नो पहिलो विशुद्ध इलेक्ट्रिक सुपरकार 'यू नाइन' सार्वजनिक गरेको छ ।

जसको मूल्य १.६८ मिलियन आरएमबी रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार याङवाङ 'यू नाइन'को अधिकतम गति ३०९.१९ किलोमिटर प्रति घण्टा र ० देखि १०० किलोमिटर प्रति घण्टा मात्र २.३६ सेकेण्ड रहेको छ ।​​

याङवाङ 'यू नाइन' दुई मुख्य प्रविधिले सजिएको छ ।

null

ई ४ प्लेटफर्म र डी सुस–एक्स इन्टेलिजेन्ट बडी नियन्त्रण प्रणलीले सम्पूर्ण इलेक्ट्रिक सुपरकारको क्षेत्रमा क्रान्ति ल्याउने सुनिश्चित रहेको कम्पनीले जनाएको छ ।

विद्युतीय सवारीसाधन र पावर ब्याट्रीको उत्पादनमा विश्वमै अग्रणी बीवाईडीले आफ्नो पहिलो प्रिमियम उप-ब्राण्ड अन्तर्गतको सम्पूर्ण इलेक्ट्रिक सुपरकार मोडल 'यू नाइन'को अनावरण गरेको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्