
शुक्रबारबाट फिल्म ‘अगस्त्य’ देशभरका हलमा प्रदर्शनमा आएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय छ । यो फिल्मले पोस्टर, टिजर र ट्रेलरबाट राम्रो हाइप बनाएको थियो ।
फिल्मको बिहीबार बेलुका ललितपुरको लबिम मलस्थित क्यूएफएक्समा प्रिमियर गरिएको छ । जहाँ फिल्मकर्मी एवं सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियरमा फिल्म हेर्नेहरूले यसलाई मिश्रित प्रतिक्रिया दिएका छन् ।
अभिनेता सौगात मल्ल र प्रमोद अग्रहरीको अभिनयको धेरैले प्रशंसा गरेका छन् ।
२ घण्टा ५० मिनेट लामो फिल्मलाई एक्सन, थ्रिलर जनरामा राखिएको छ ।
संजय लामाको छायाङ्कन, श्री श्रेष्ठको एक्सन रहेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौड्याल फिल्मका निर्माता हुन् ।